नेपाली व्यवसायी संघ कतारले नेपालका ७ वटै प्रदेशस्थित सरकारी अस्पतालका लागि १ करोड २० लाख रुपैयाँ बराबरका १४ वटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
कतारस्थित नेपाली दूतावासको सहकार्यमा संघले १४ वटा अत्याधुनिक भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, २१ सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला हस्तान्तरण गरेको हो ।
प्रत्येक प्रादेशिक अस्पताललाई २ भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३ सय पल्स अक्सिमिटर र ७ वटा नेजल क्यानुला वितरण गरिएको एसोसिएसनका अध्यक्ष महेन्द्र चौलागार्इंले बताए ।
हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट कतारबाट आएका व्यवसायीहरू टिबी कार्की, शंकर न्यौपाने, पीताम्बर चापागाईं, मधुकर रिजाल र दिन्सन बोहोराले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेललाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
संघले एक वर्षसम्मको मर्मतसम्भारको जिम्मेवारीसमेत लिएको छ । संघका सल्लाहकार कार्कीले कतारका व्यवसायीहरूका तर्फबाट गरिएको सानो सहयोगले आईसीयू सेवामा नपाएर तड्पिनुपर्ने बिरामीलाई मलमपट्टीको काम गर्ने विश्वास राखेको बताए । ‘
संघका महासचित रमेश भट्टका अनुसार व्यवसायीहरूले ५० जना व्यवसायीले ६४ हजारदेखि ९ लाख ८० हजार रुपैयाँसम्म सहयोग गरेका छन् । यो अभियानमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले समेत १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्येसैगरि कतारका लागि नेपाली दुतावासको सहकार्य तथा समन्वयमा महामहिम राजदुतको संरक्षकत्वमा गठित नेपाली व्यवसायी संघ‚ कतारका पदाधिकारी सहितको "नेपाल का लागि कोरोना राहत समिति, कतार 2021" लाई यस अभियानमा उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्नुहुने कतारका लागि नेपालका महामहिम राजदुत नारदनाथ भारद्वाज लगाएत दुतावास कर्मचारी परिवार, नेपाली व्यवसायी संघ एवं सम्पूर्ण सहयोगी दाता हरूलाई संघ र अध्यक्ष महेन्द्र प्रसाद चौलागाईले धन्यवाद सहित आभार प्रकट गरेका छ्न ।