दोहा / गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ महाधिवेशनबाट कपिलवस्तु जिल्लाका मोहम्मद मुक्तदा पुनः अध्यक्ष पदमा चयन भएका छ्न ।
एनआरएनए कतारको अध्यक्ष पदका प्रत्याशीहरू चूडामणि कार्की र मोहम्मद मुक्तदा बीच मनोनयनमा सहमति भएसँगै मोहम्मद मुक्तदा आगामी कार्यकालका लागि पुन: अध्यक्ष पदमा चयन भएका हुन ।
निर्वाचन समिति संयोज रमेश भट्टद्वारा सार्वजानिक मनोनयन दर्ताको अन्तिम नामावली अनुसार अब कतारमा सह–कोषाध्यक्ष पदका लागि मात्रै निर्वाचन हुनेछ । सह–कोषाध्यक्षका लागि मिनराज वाग्ले , झबिन्द्र आचार्य र बालकृष्ण न्यौपाने चुनावी मैदानमा होमिने छन् ।
सहमति अनुसार अर्जुन मुडभरीले आफ्नो मनोनयनमा सहमति गरेसँगै आइसिसी सदस्यमा नरेश श्रेष्ठ, सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का, अर्षद हुसेन मु, पूर्ण बहादुर पोखरिया, रामु रेग्मी, तेज कटुवाल, मदसिर नजर सर्वसम्मत चयन हुनु भएका हुन ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई, द्धितीय उपाध्यक्षमा प्रेम चलाउने, महासचिव पदम गिरी, सचिवमा रबिन थापा मगर र दीप जङ्ग शाह महिला संयोजकमामा नानु घले ब्लोन! युवा संयोजकमा सुमन भारती चयन भएका हुन ।
त्येस्तै सदस्यहरूमा सेवक बिक, खड्का बहादुर फागो, ओम बहादुर क्षेत्री (सन्तोष), सविन्द्र श्रेष्ठ, तारानाथ बास्तोला, नारायण प्रसाद ढुङ्गाना, मुखतार आलम, सन्तोष पौडेल, विष्णु बहादुर खड्का, गजेन्द्र राई, एकराज कटवाल, मोहम्मद ईन्जाद आलम, अब्दुल खालिक शेख, दिनेश खत्री, जय प्रकाश यादव, राम बाबु यादव, अगन्धर देवकोटा र मोहम्मद मेराजुद्दिन चयन भएका हुन ।
भने महिला उपाध्यक्षमा अम्बिका खत्री, कोषाध्यक्षमा विनोद प्रसाद बर्सौला, एनसीसी लेखासमिति संयोजकमा सन्तोष रेग्मी, सदस्यहरूमा टिकाराम गौतम (अमित) र गणेश भट्ट यश अगिनै निर्विरोध निर्वाचित भैसकेका थिए ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ महाधिवेशनको लागि जुलाई ९ मा निर्वाचन तथा १६ जुलाई २०२१ मा नवौँ महाधिवेशन सम्पन्न हुदैछ ।