कोरोना कारण कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै गई रहेको छ l जस अन्तर्गत शुक्रबार अगस्ट ६ देखि लागू हुनेगरी प्रतिवन्ध थप खुकुलो हुने मन्त्रालयले बताएको छ ।
यस्ता छन् थप खुलुको भएको प्रतिवन्ध :
१. मस्जिद : सबै उमेर समुहका लागि खुला गरिने । बालबालिका पनि जान पाउने ।
२. भेला : बाहिरी खुला क्षेत्रमा दुबै डाेज खोप लगाएका ३५ जना सम्म भेला हुन पाउने ।
३. मल : चेन्जिङ रुम खोल्न पाउने ।
४. रेस्टुरेन्ट : पुर्व छनौट भएका रेस्टुरेन्टले २० प्रतिशत सम्म क्षमतामा खोप लगाएका ग्राहक र उनिहरुको बच्चालाई भित्र प्रवेश दिन पाउने ।
५. प्रदर्शनी, सम्मेलन र कार्यक्रम : जोखिम मूल्यांकनको आधारमा ३० देखि ५० प्रतिशत सम्म क्षमताले सन्चालन गर्न पाउने ।
६. पार्क,बिच र कर्नेशमा २० जना सम्म भेला हुन पाउने ।
७. एउटा डुंगामा २० जना सम्म चढ्न पाउने ।
८. खोप लगाएका ३५ जना सम्मले खेलकुद प्रशिक्षण गर्न पाउने ।
९. सरसफाई कर्मचारीलाई १०० प्रतिशत क्षमतामा काम लगाउन पाउने ।