प्रदेश १ झापाको कमल गाउपालिकामा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च सम्बद्व संघीय लिम्बुवान मञ्च , नेपालको मातहतको लिम्बुवान भोलेन्टियर्स (L. V ) कमल कमाण्डले भदौ १८ गते शुक्रबार केर्खास्थित शहिद धर्मभक्त उच्च माविको सभाहलमा एकदिन प्रशिक्षण तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
आयोजित कार्यक्रममा केंद्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङको अध्यक्षतामा भएको उक्त कार्यक्रम राष्ट्रीय गीत र वीर शहीद माङतोक , मनील तामाङको समझनामा एक मिनेट मौनधारण गरी कार्यक्रमका प्रमुख अतिथि मञ्चका महासचिब तथा केंद्रीय कमाण्डर थाङसाङ लावतीले विभिन्न तहका L.V कमाण्डरहरुलाई एकै साथ परिमाजित विनियम बारे एक दिने प्रशिक्षण दिएका थिए ।
कमल गाउँपालिका स्तरीय भोलेन्टियर्सहरुको प्रशिक्षण कार्यक्रममा पालिकाका ५० जना विभिन्न तहका कमाण्डरहरुको उपस्थिति रहेको थियो प्रशिक्षणमा नेपालको विध्यामान राजनीति परिस्थिति अनुरूप L.V कमाण्डहरु परिचालन र खेल्ने भूमिका नया ढंगमा जाने रढनीति लिम्बुवान भूमिको रक्षा र पहिचान सहितको संघीय सह–अस्तित्व, समावेशी समानुपातिक सहभागीताको सुनिश्चितताको लागि भोलेन्टियर्सले सधै खबरदारी गर्दै राजनीतिक योद्धाको रुपमा सधै लड्ने कार्यदिशा बारे प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा लिम्बुवान भोलेन्टियस कमाण्डर को पद नियुक्ति तथा पद उन्नति क्रमशः सिनियर फिल्ड कमाण्डरहरु सन्तोष मेन्याङबो, नवराज राई, दिपेन राई, जनम चेम्जोङ् रहेका छन् भने फिल्ड कमाण्डरहरुमा राजेन्द्र कुमार राई, शेर बहादुर कुरुम्बाङ, अम्बर बहादुर मावोहाङ, राम मावो, सन्जु मेन्याङबो, आस बहादुर केरुङ, विजु थेवे, देवेन्द्र सुब्बा, हिमाल लिम्बु, राजु माझी र सञ्जय सिगु रहेका छन् । १५ जना कमाण्डरहरुलाई नियुक्ति प्रत्र प्रदान गरिएको छ । उनीहरुलाई कार्यक्रमका अतिथिहरुको हातबाट नियुक्ति पत्र हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा शुभकामना मञ्चका केंद्रीय उपमहासचिब दिलु लावतीले सम्बोधन गर्दै लिम्बुवान भोलेन्टियर्सको महत्त्व र लिम्बुवान आन्दोलनमा खोल्दै आएको भूमि बारे बताउदै नव नियुक्ति कमाण्डरहरुलाई शुभकामना दिदै अबको दिनहरुमा अझ LV कमाण्डरहरुले पार्टीको हरेक गतिविधिमा महत्वपूर्ण भूमिका निभाउने र पार्टीलाई अगाडि बढ़ाउन पुलकों काम गर्ने बताएका छन् । त्यस्तै मंतव्यमा प्रांतीय सचिवालय सदस्य बल नाथ नाल्बोले नवनिर्वाचित कमाण्डरहरु लाई बधाई दिदै लिम्बुवान भोलेन्टियर्स पार्टीको मेरुदंड रहेको र लिम्बुवानवासीहरुलाई सदा सुरक्षा र विनियम अनुरूप पार्टी कमजोर हुर्दा पनि बचाई राख्ने लिम्बुवान भोलेन्टियर्स भनेको नङ र मासुको सम्बन्ध रहेकोले आजको प्रशिक्षण कार्यक्रमले पार्टीलाई नया उचाईमा पुराउने अपेक्षा गर्दै आयोजक प्रति धन्यवाद व्यक्त गरेका छन् ।
त्यस्तै केंद्रीय सीनियर कमाण्डर सन्तोष तुम्बापो , सामाजिक व्यक्तित्व वीरेन्द्र कुमार याक्थुम्बा सुवास लगायतले कमल गाउपालिका कार्य समिति र L.V कमाण्डको सयुक्त रूपमा कार्यगत एकता गर्दै गाउँ गाउँ ,जन जनमा खेलेको सकारात्मक भूमिका बारे उच्च प्रशंसा गर्दै नवनिर्वाचित कमाण्डरहरुलाई बधाई शुभकामना दिएका थिए भने कार्यक्रममा मञ्चका सल्लाहकार अमर राई, प्रान्तीय सदस्यहरु प्रकाश नेम्बाङ, साजन मोते, सुर्य योक्पादङदेन, मनकुमार थलङ्, लिम्बुवान भोलेन्टियर्स सिनियर कमाण्डरहरु याम थेवे, सुमन सम्बाहाम्फे, जिल्ला सदस्य नरेन्द्र लावती लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य फिल्ड कमाण्डर माबोहाङ लिम्बु अमरले गरेका थिए । कार्यक्रमको संचालन एल.भी. फिल्ड कमाण्डर हिमाल लिम्बुको रहेको थियो ।