काठमाण्डौ- गोकर्णेश्वर नगरपालिकामा स्थानियको स्वास्थ्य सुबिधालाई ध्यानमा राखी प्राथामिक अस्पतालमा विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ। गोकर्णेश्वर नगरपालिका वडा न ४ का वडा अध्यक्ष तथा गोकर्ण प्राथमिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठको सभापतित्व तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको हो।
कार्यक्रमको बिशेष अतिथिमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, वडा नं ९ का वडा अध्यक्ष राजिब थापा लगाएतको उपस्थित रहेको थियो। "गोकर्णेश्वर नगरपालिकाको चाहना स्वास्थ्य जीवनको कामना" भन्ने मुला नारा रहेको उज्त कार्यक्रम नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य एबम प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, वडा नं ४ का वडा सदस्य जयराम महत, वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, डा. सुवास प्याकुरेल महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक रामजी घिमिरे लगायत गोकर्ण प्राथमिक अस्पताल व्यस्थापन समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयं सेविका लगाएतको समेत उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिकामा विशेषज्ञ सेवा शुरु आजबाट गरि स्त्री रोग ,बाल रोग, जनरल फिजिसियन र रेडियोलोजिष्ट सहितका विशेषज्ञ सेवाहरु न्यून शुल्कमा शुभारम्भ भएको बताईएको छ।कार्यक्रमका बिशेष अतिथि तथा नगर उप प्रमुख शान्ति नेपालले लामो समयको पहली कदम पश्चात् विशेषज्ञ सेवा शुचारु गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै महिला स्वास्थ्य स्वयं सेविकाको सेवा सुबिधालाइ क्रमिक रुपमा बृद्दि गर्नुपर्नेमा जोड दिएकी थिईन। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख सन्तोष चालिसेले नगरपालिकाले सबैको सहयोग प्राप्त गरे पश्चात् मात्र अस्पताललाइ पूर्ण क्षमतामा संचालन गर्न सफल भएको बताए। जस्ले निम्न आयश्रोत बिपन्न परिवारले पनि न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सम्भव भएको बताउदै भबिस्यमा क्रमिक रुपमा आवस्यकता बमोजिम परिबर्तन गर्दै जाने समेत बताएका थिए।
उक्त अस्पताललाई नगरपालिकाको समेत सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए। कार्यक्रममाको अन्त्यमा सभापती तथा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष एबम गोकर्ण प्राथमिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री कुमार श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै विशेषज्ञ सेवा लिन सबैमा अनुरोध गरेका थिए। कार्यक्रममा कोभिड महामारी न्यूनीकरणमा सहयोग गरेका डा. सुबास प्याकुरेललाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रशासन प्रमुख टंक घिमिरेले गरेका थिए।