बागमती प्रदेश- गोदावरी नगरपालिका स्तरीय पाँच दिने उद्घोषण तालिम-२०७८ को उद्घाटन समारोह डिलाईट पाटी भेन्यु महालक्ष्मी स्थान ललितपुरमा सम्पन्न भएको छ।
गोदावरी नगरपालिकाको आयोजना तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालिको सहकार्यमा आयोजित उक्त कार्यक्रम सन्ध्या फिलिम्स एन्ड प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्व तथा गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यता,विशेष अतिथिहरुमा नेपाली कांग्रेस ललितपुर जिल्ला सचीव वशिष्ठ अधिकारी ,वडा अध्यक्षहरु,अतिथिमा कार्यपालिका सदस्य,प्रमुख प्रशिक्षक प्रीतम पौड्याल ,सहायक प्रशिक्षक कमल रेग्मी लगाएत विभिन्न संघ सस्था,राजनीति पार्टिको विभिन्न तह र तप्कामा कृयाशिल ब्यक्तित्वहरु, समाजसेवी महिला दिदि बहिनीहरुको उत्साहजनक उपस्थिती रहेको थियो।
कार्यक्रम संचालक गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णुमाया पौडेलद्वारा सहजीकरण गरिएको कार्यक्रममा तालिमबाट दर्जनौ सहभागीहरुको क्षमता अभिबृद्दी गर्दै ब्यक्तितब बिकास,आत्मनिर्भरता निडर,प्रष्ट वक्ता लगाएत समाज र राष्ट्र निर्माणमा अहम भुमिका खेल्न सक्ने बनाउनु रहेको थियो।विभिन्न समस्यालाई सम्बन्धीत निकाय सामु प्रष्ट र निर्धक्क संग राख्नु नै समस्याको समाधान हो जसको निम्ति उद्घोषण तालिम अपरिहार्य रहेकोले उक्त तालिमको आयोजना गरिएको हो।तालिम यहि आउदो फाल्गुन १५ गतेसम्म हुने भएको छ।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा मोटिभेसनल स्पिकर प्रीतम पौड्यालले उद्घोषण तालिम दिदै प्रशिक्षार्थिहरुलाई कसरी बोल्ने ?के बोल्ने?कस्तो अवस्थामा बोल्ने? लगाएत विभिन्न बिषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुले अहिलेको एक्काइसौं सताब्दीमा आफ्ना समस्याहरु सम्बन्धीत निकाय सामु निर्धक्क राख्न सक्ने बन्नु आजको आवस्यकता रहेको बताउदै यो कार्यक्रमले सोचेको भन्दा बढी फलदायी बनोस भन्ने शुभकामना समेत ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा उपमेयर मुना अधिकारीले बोल्दै पाँच दिने उद्घोषण तालिम सम्पुर्ण नेपालीहरुका लागि बिशेष रहेकोले यहाँ सिकेका कुराहरुलाई व्यबहारमा उतार्न समेत आग्रह गर्दै नारीहरु पनि राज्यका हरेक अंगहरुमा जिम्मेवार भएकोले आफुहरुले नेतृत्व लिन सक्ने क्षमतावान बन्नु पर्ने बताईन।कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै पाँच दिने कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेकी थिईन।
कार्यक्रमको अन्त्यमा सभापती दिलमाया तामाङले नगरपालिका भित्र रहेका महिलाहरुको क्षमता अभिबृद्धी,आत्मनिर्भर स्वरोजगार बनाउन उपमेयर मुना अधिकारीले खेल्नुभएको अहं भुमिका प्रती खुशी ब्यक्त गरेकी थिईन भने आगामी उहाँ जस्तो समग्र महिलाको जीवन परिवर्तनमा तनमन लगाएर काम गर्ने ब्यक्तित्व राज्यको उपल्लो तहमा हुनु पर्ने र आगामी दिनमा देख्न पाईने समेत बिश्वास गरेकी थिईन।सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीले आफ्नो लक्ष अनुरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिगतका दिनदेखी जीवन परिवर्तन मुखी विभिन्न तालिम,प्रशिक्षण, खेलकुद सम्मान काम गर्दै आएको बताएकी थिईन भने हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गरी कार्यक्रम सफल बनाईदिनको लागि उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै उद्घाटन समारोह सम्पन्न भएको घोषणा गरेकि थिईन।