शुक्रवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय समितिको बैठकमा पार्टीको आठौं महाधिवेशनको निर्णयविपरीत एमसीसी पारित गर्नमा सहमति किन गरेको भन्दै नेताहरूले प्रश्नसमेत उठाएका छन् । ४ जना नेताले लिखित रूपमै असन्तुष्टि व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गत पुसमा सम्पन्न पार्टीको महाधिवेशनले एमसीसी संशोधन गरेर मात्र पास गर्न सकिने निर्णय गरेको भए पनि पार्टी नेतृत्वले व्याख्यात्मक घोषणाका नाममा जस्ताको तस्तै पास गरेको भन्दै दाहालसँग जवाफ मागेका छन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदबाट पारित गर्नमा सहमति दिएपछि अध्यक्ष दाहालको आलोचना भएको हो ।बैठकमा उठेको प्रश्न तथा व्यक्त भएका असहमति लगायतका विषयमा शनिवार गृहकार्य गरेर आइतवार पुनः बैठक बस्नेछ । नेता साहका अनुसार बैठकमा एमसीसीसहित अन्य विभिन्न विषयमा छलफल हुने एजेन्डा तय भएको छ ।
रिपोर्टिङ, एमसीसी, संगठन निर्माण, पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, स्थायी कमिटी गठन, पोलिटब्युरो गठन, नेताहरूको कार्यविभाजन, स्थानीय निर्वाचन लगायतका विभिन्न बिषयमा बैठकमा छलफल हुँदैछ ।
पुस ११ देखि १८ गते माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्षमा दाहाललाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
माओवादी केन्द्रमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ । माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ ।
तर महाधिवेशन भएको २ महिना बितिसक्दा समेत पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । यसबीचमा केन्द्रीय समितिको बैठक बोलाउँदै स्थगित गरिएको थियो । जारी बैठकले यी सबै विषयमा निर्णय गर्ने बताइएको छ । राजधानीमा खबर छ ।