बागमती प्रदेश- बागमती गाउँपालिका ललितपुरको आयोजना तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीको सहकार्यमा दुई दिने 'सहकारी संस्था क्षमता बिकास तथा अन्तरक्रिया' कार्यक्रमको गत फाल्गुन १९ गते उद्घाटन भई फाल्गुन २० गते डिलाइट पाटी भेन्यु महालक्ष्मीस्थान ललितपुरमा समापन भएको छ।
सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्व तथा बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको उक्त समापन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईको बिशेष आतिथ्यता रहेको थियो।त्यसैगरी अतिथिहरुमा लेखा अधिकृत डन्डपाणि पौडेल, सहकारी शाखा प्रमुख दिल बहादुर लामा ,महिला बालबालिका शाखा प्रमुख अम्बा बास्तोला ,प्रमुख प्रशिक्षक प्रीतम पौडेल लगायत विभिन्न सहकारी सस्थाका प्रतिनिधिहरु जनप्रतिनिधिहरु प्रशिक्षणमा सहभागीहरु लगाएत बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णुमाया पौडेलद्वारा संचालित उद्घाटन कार्यक्रममा मोटिभेसनल स्पिकर तथा प्रखर वक्ता प्रीतम पौड्यालले सहकारी संस्था संचालन गर्दा दिनुपर्ने कुराहरु,चुनौतिहरु ,समाधानका उपायहरु,जोखिमहरु, प्रभावहरु असरहरु लगाएत बिभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो।प्रशिक्षक प्रीतम पौड्यालले प्रशिक्षणमा ब्यक्तित्व बिकास,लिडरसिप,सक्षम र निडर नेतृत्वकर्ता, संस्थाको अभिबृद्धी,संस्था प्रतिको बिश्वस्णियता, संयोजकको भुमिका लगाएत विभिन्न बिषयमा चर्चा गर्नुभएको थियो।
दुईदिने सहकारी संस्था बिकास तथा अन्तर्कृया प्रशिक्षण पश्चात् सहभागी प्रशिक्षार्थीहरु कार्यक्रम प्रमुख वीर बहादुर लोप्चन तथा सभापती दिलमाया तामाङ लगाएतको हातबाट प्रशंसा सहित प्रमाण पत्र बितरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर लोप्चन ले बोल्दै बागमती गाउँपालिका मा रहेका विभिन्न संघ संस्था वर्ग समुहलाई समान रुपमा अगाडी बढाउदै क्षमतावान स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्य रहेको बताउनुभएको थियो।बिगतका वर्षहरुमा पनि सहकार्य संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीले द्वारा गरिएका कार्यक्रमहरु अत्यन्तै फलदायी भएको हुँदा यो सहकारी संस्था बिकास तथा अन्तर्कृया कार्यक्रम पनि उपलब्धि मुलक हुनेमा बिस्वास ब्यक्त गर्नुभएको थियो।
जनप्रतिनिधि भएर फेरि पनि नेतृत्वमा आउदा झनै बृहत् रुपमा कार्यक्रमहरुको आयोजना गरिने प्रतिबद्धता ब्यक्त गर्दै सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली लगाएत सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै सहभागी प्रशिक्षार्थिहरु सफलताको कामना गर्नुभएको थियो। अन्त्यमा कार्यक्रमका सभापति तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले सहकारी संस्था विकास तथा अन्तर्कृया कार्यक्रम जस्तो महत्वपूर्ण जीवन उपयोगी कार्यक्रमको आयोजना गरि समग्र ब्यक्ति संस्था र समाजको परिवर्तन गर्दै मुलुककै आर्थिक अभिबृद्धि अनुरुप कार्यक्रमको आयोजना गर्न महत्वपुर्ण भुमिका खेल्नु भएकोमा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन,,प्रशासकिय प्रमुख ,वडाका वडा सदस्यहरु लगाएत गाउँपालिकाको सिङ्गो टिम,अनवरत दुईदिनसम्म गहन रुपमा प्रशिक्षण प्रदान गर्नुहुने प्रमुख प्रशिक्षक प्रीतम पौड्याल, कार्यक्रममा स्वस्फूर्त रुपमा प्रशिक्षणमा सहभागी दाजुभाई तथा दिदिबहिनीहरुमा लगाएत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउन अहम भुमिका निर्बाह गर्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि साथ सहयोग तथा सहकार्यको लागि अपेक्षा गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।कार्यक्रममा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको तर्फबाट मायाको चिनो समेत बितरण गरिएको थियो।