बागमती प्रदेश- गोकर्णेश्वर नगरपालिका वडा नं ६ को सिमानामा रहेको बागमती किनारामा फोहोर ब्यबस्थापनका लागि ईन्सिनरेटर मेसिन संचालन शुभारम्भ भएको छ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको सभापतित्व तथा बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथिमा उप मेयर शान्ती नेपाल रहेकी थिईन।त्यसैगरी अतिथिमा वडा अध्यक्षहरु राजेन्द्र भण्डारी,राम मानन्धर,श्रीकुमार श्रेष्ठ, नारायण बहादुर सुवेदी,रमेश अर्याल,केशब गुरुङ,मनोज ढुङाना,राजिव थापा लगाएत नगरबासी बुद्धिजीवी, जनप्रतिनिधि कर्मचारी लगाएत स्थानियवासीको उल्लेखनीय उपस्थिति रहेको थियोे। जापानी प्रबिधिको नगरपालिकामा भएको फोहोर ब्यबस्थापन गरि स्वच्छ सफा र सुन्दर नगरपालिका बनाउने उदेश्य अनुरुप आधुनिक प्रबिधियुक्त इन्सिनटर ( Incinerator) मेसिन संचालनको शुभारम्भ गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा बोल्दै गोकर्णेश्वर नगरपालिकामा प्राप्त इन्सिनेटर मेसिन सजिलै नभई २०७४ सालमा जन निर्बाचित स्थानिय प्रतिनिधिहरुको ठुलो योगदान बाट प्राप्त भएको बताउदै बढ्दो शहरीकरण संगै विभिन्न शहरमा फोहोरमैला ब्यबस्थापन नै चुनौतीको बिषय बनेको छ।यहि क्रममा गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा प्राप्त आधुनिक फोहोरमैला ब्यबस्थापन इन्सिनेटर मेसिन कोषेढुङा साबित हुने बताए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सांसद छिरिङ दोर्जे लामा बोल्दै गोकणेश्वर नगरपालिकामा गत चार वर्ष पहिले देखीको सपना पूरा भएको बताउदै स्थानीय जनप्रतिनिधिहरुको जापान घुमफिरको ठूलो उपलब्धी भएको बताउदै यसरी फोहोर व्यवस्थापन गर्ने कार्य नेपालमै नौलो भएको सो बाट धेरै उपलब्धिमुलक फाइदा लिनसकिने बताए। फोहोर जलाएर निक्लिएको खरानीलाई बालुवा र सिमेन्ट मिसाएर ईटा बनाउन सकिने जसलाई बाटो सडक पेटीहरुमा प्रयोग गर्न सकिने लामाको भनाइ रहेको थियो । फोहोर जलाएर निस्किएको वाफबाट बन्ने तातोपानी प्रयोग गरेर ठुला फर्निचर उद्योग चलाएका ठाँउमा काठलाई सिजनिङ गर्न सकिने बताउदै नगरलाई त्यता तर्फ पनि ध्यान दिन अनुरोध गरेका थिए ।
आज यो मेसिन संचालन शुभारम्भ कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी ब्यक्त गर्दै सहयोगी सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा सभापति तथा नगर प्रमुख सन्तोष चालिसेले बोल्दै यो फोहोर ब्यबस्थापन मेसिनका बारेमा विभिन्न किसिमका शंका उपशंकाकाहरु उत्पन्न भएतापनी अन्ततः यसैलाई नगरपालिका भित्र संचालन गर्न सफल भएको बताउदै यसले नगरपालिका भित्रको जनजीवन प्रर्यावरण लगाएत विभिन्न किसिमले ठूलो महत्व राख्नेमा बिश्वास दिलाउदै उक्त मेसिनको बारेमा जानकारी गराउने र ल्याउन सहयोग पुर्याउने हिटा हेभी मेसिनरीलाई धन्यवाद दिदै उक्त नौलो प्रविधिको बारेमा प्रचारप्रसार गरि सहयोग गर्न चालिसेले सबैलाई अनुरोध गरेका थिए ।
फोहोर मैला व्यवस्थापन गर्ने इन्सिनरेटर (Incinerator) मेसिन संचालन व्यवस्थापन कार्य हिटा हेभि मेशिनरी एण्ड रिसाईकल प्रा.लि.ले गर्ने भएको छ ।
समय पावन्दिका बाबजुद पनि उपस्थिति जनाई कार्यक्रम सफल बनाईसिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर प्रशासन शाखा प्रमुख टंकनाथ अधिकारीले गरेका थिए।