मुग्लानी खबर
मुग्लानी खबर सम्पादक/बैशाख ८
नुवाकोट सेवा समाज दोहा कतारको आयोजनामा शारीरिक अपाङ्ग तथा बृद्धाआश्रम सहयोगार्थ स्थानिय र नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुका साथ सास्कृतिक धमाका साथै नयाँ बर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम कतारको सुन्दर शहर दोहा स्थित गल्फ प्याराडाईज होटेलमा गत २० अप्रिल शुक्रबारका दिन सम्पन्न भएको छ।
नुवाकोट का विभिन्न धार्मिक एतिहासिक सास्कृतिक र पर्यटकिय सम्पदाहरु द्वारा सुसज्जित र "सेवा नै धर्म हो" बृद्धास्रम तथा शारीरिक अपाङहरुको सहयोगार्थ लेखिएको ब्यानरले सु सज्जित स्टेजमा भएको कार्यक्रम नुवाकोट सेवा समाज कतारका अध्यक्ष हरिराम खड्काको सभापतित्वमा भएको थियो भने कार्यक्रमका मुख्य आकर्षण तथा प्रमुख अतिथि नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा.रमेश कोईराला थिए।
विशेष अतिथिहरुमा समाजसेवी माया केसी,NRNA(NCC) कतारका अध्यक्ष नवीन पोख्रेल लगाएत कतारमा अवस्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकारहरु,ब्यबसायीहरु लगाएत नुवाकोटे तथा गैर नुवाकोटे दाजुभाई दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका बिशिस्ट ब्यक्तिहरुबाट ब्यानर अनावरण गरिए पछी राष्ट्रिय गान बाट शुरुवात गरिएको उक्त कार्यक्रममा पाल्नुहुने सम्पुर्णलाई समाजकी द्वीतिय उपाध्यक्ष गोमा खड्काले स्वागत मन्त्तब्य द्वारा स्वागत गरेकी थिइन।
कार्यक्रमका सम्योजक तथा समाजसेवी नारायण भन्डारीले कार्यक्रमको लक्ष्य र उदेश्यलाई स्पष्ट पार्दै विभिन्न समयमा हामीहरुबाट धेरै सहयोग गरिएपनि उचित प्रयोग र सम्बन्धित ब्यक्तिसम्म नपुग्दा सहयोग किफायतीपुर्ण नभएको भन्दै एक कहालीलाग्दो बस दुर्घटनालाई समेत जानकारी गराए।उक्त घटनामा आजिवन अपाङ्ग भएका ब्यक्तिहरुलाई न्युनतम ह्वील चिएर मात्र भए पनि उपलब्ध गराई सेवा गर्न र बृद्धाआश्रम सहयोगार्थ यो कार्यक्रमको आयोजना गरेको बताउदै आफुलाई दिएको पल्याटफर्म प्रती सस्थालाई धन्यबाद दिए।
कार्यक्रमलाई सफल बनाउन प्रायोजन गर्नु भएका समाजसेबी माया केसी लगाएत सम्पुर्ण प्रायोजकहरु प्रती धन्यवाद ब्यक्त गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबास दोहा कतारका महामहिम राजदुत डा. रमेश कोईरालाले कार्यक्रम सफलताको शुभकामना मन्तब्य राख्दै नेपाली दुताबास दोहा कतारले" हेरिङ एन्ड सेरिङ"अभियान अन्तर्गत विभिन्न गतिबिधिहरु संचालन गरेको र सामाजिक सन्जाल फेसबुक लगाएत विभिन्न माध्यमबाट हेर्न अनुरोध गरे।
नेपाली श्रमिकहरुलाई कतारमा धेरै राम्रो तरिकाले बुझिने अवगत गराउदै नेपाल र नेपाली समाजका लागी गरिने कुनैपनि कार्यक्रमहरुमा नेपाली दुताबास सदा सकारात्मक रहेको बताएका थिए भने अन्य बिशिस्ट ब्याक्तित्वले समेत २०७५ सालको शुभकामना दिदै कार्यक्रम सभ्य र भब्य रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए।
नुवाकोट जिल्लाको एतिहासिक, सास्कृतिक, धार्मिक र प्रटकिय क्षेत्र लगाएत नुवाकोट जिलाको महत्वका बारेमा समाजका प्रमुख सल्लाहकार प्रकाश बोहोराले स्पष्ट पारेका थिए। सास्कृतिक धमाका समेत रहेको उक्त कार्यक्रममा विभिन्न चर्चित स्थानिय तथा नेपालबाट आमन्त्रित कलाकारहरुले गायन नृत्य लगायतका कोसेलीहरु बाट उपस्थित दर्शक स्रोताहरुलाई भरपुर मनोरञ्जन दिएका थिए।
साङेतिक कार्यक्रमको शुरुवातमै चर्चित गायक द्वय मदन थापा र रुपक डोटेल ले "जहाँ छन बुद्धका आँखा"भन्ने गीतबाट स्वागत गर्दै मन्त्रमुग्ध बनाए।त्यसैगरी विभिन्न स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुतिले कार्यक्रमलाई अत्यन्तै रमाइलो बनाएका थिए। नेपालबाट आमन्त्रित कलाकारहरु गायिका स्मृति गौतम,गायक रुपक डोटेल,मदन थापा लगाएत नेपाली लोक दोहोरी तथा म्हेन्दोमाया / सेलोगायिका मनमाया वाइबा तामाङको अत्यन्तै मीठो प्रस्तुतिबाट उपस्थितलाई छमछमी नचाएका थिए।
चर्चित गायिका मनमाया वाइबा तामाङ्ले कौडा भाका: सोल्टी राजा, भाले मजुर म ज्यानलाई साचेको हजुर, मखमली चोलीले राम्रो देखिन्छ लगाएत म्हेन्दोमाया र सेलो जस्ता गीत गाएर उपस्थित सबैलाई छमछमी नचाईन भने गायिका मनमाया वाईवा र गायक मदन थापा बिचको दोहोरी घम्साघम्सीले साच्चिकै माहोल तताएको थियो उपस्थित स्टेजमै गएर नाचेका थिए ताकी हुटिङ र सुस्केराले हलको रौनकता फरक थियो।
कार्यक्रमको अन्त्यमा भने सभापती हरिराम खड्काले उपस्थितहरु हाम्रो निमन्त्रणालाई स्विकार गरि उपस्थित भई कार्यक्रम सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।
कार्यक्रमको औपचारिक सन्चालन बिष्णु भन्डारी र सास्कृतिक कार्यक्रम को सन्चालन अनिल लोप्चन तामाङले गरेका थिए।
नुवाकोट सेवा समाज कतारको सास्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम
नुवाकोट सेवा समाज कतारको सास्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम
नुवाकोट सेवा समाज कतारको सास्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम