बागमती प्रदेश। काठमाडौँ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा स्थापित शैक्षिक संस्था भेनस नेसनल कलेजद्वारा स्थानिय तहको आसन्न चुनावबाट निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा सम्मान गरिएको छ।
भेनस नेसनल कलेजका पब्लिक रिलेसन अफिसर बिनितराज अर्यालद्वारा सहजीकरण गरिएको बधाई तथा शुभकामना कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको सभापतित्व तथा क्याम्पस प्रमुख कृष्ण गौतम, भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल गोकर्णेश्वर एन प्याब्सन अध्यक्ष मोहन अधिकारी लगायत कलेजका शिक्षक बिद्यार्थीहरुको उपस्थिति बाक्लो उपस्थिति रहेको थियो।
भर्खरै सम्पन्न स्थानिय तहको चुनावबाट निर्वाचित गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडाअध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा लगायत जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।
कार्यक्रममा भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले शुभकामना मन्तब्य राख्दै जनताको अभिमतले जितेर आएका जनप्रतिनिधिहरुले ५ वर्ष कार्यकालको लागि समग्र गोकर्णेश्वर नगरपालिकाको हित र विकासका लागि प्रतिबद्धताका साथ निर्वाचनका अवधिमा गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्नेमा बिश्वास व्यक्त गरेका थिए।उनले निर्वाचन अघि जुन दलको झण्डा मुनि रहेर निर्वाचन लडे पनि निर्वाचित भए संगै समग्र नगर बासीको हितका लागि राजनीतिक दल भन्दा माथि उठेर नगरपालिका र देशको झण्डा मुनि रहेर समान निस्पक्ष रुपमा काम गर्नेमा जोड दिएका थिए।उनले संस्थागत बिध्यालय र सामुदायिक बिध्यालय पार्टी हेर्ने दृष्टिकोण समान हुनु पर्नेमा जोड दिदै कुनै पनि विभेद र भेदभाव नहोस भन्ने अनुरोध गरेका थिए। समग्र गोकर्णेश्वर नगरपालिका भित्र बनाइने शिक्षा नीतिमा समनता रहोस भन्दै भेनस नेसनल कलेजले नगरपालिकाले कार्यन्वयन गर्ने योजना लगायतका कार्यको लागि सदैव साथ सहयोग रहने बताएका थिए।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले आयोजक प्रती धन्यबाद ब्यक्त गर्दै नगरको समग्र विकासमा जनताको पनि उत्तिकै साथ र सहयोग आवश्यक रहेको जानकारी गराउदै आफुले चुनावी घोषणा पत्र अनुसार तदारुकताका साथ अघि बढ्ने जानकारी गराएका थिए।साथै जनताको अधारभुत स्वास्थ्य र शिक्षा आफ्नो प्रहिलो प्राथमिकतामा रहने बताएका थिए।
त्यसैगरी कार्यक्रममा नवनिर्वाचित नगर उप प्रमुख सान्नानी लामाले सामुदायिक बिध्यालय र संस्थागत बिद्यालय बीच सहकार्य र समन्वय गरि नगरपालिका अघि बढ्ने बताइन ।उनले जनताको बीचमा रहेर नै उनीहरुको समस्या समाधान गर्न नगर पालिका सदैवअग्रसर रहने जानकारी गराउदै कार्यक्रमका आयोजकलाई धन्यबाद ब्यक्त गरेकी थिईन ।
बधाई तथा शुभकामना कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाले शिक्षाको नीति बनाउँदा बिद्यार्थीहरु संग समेत अन्तरक्रिया गर्नुपर्ने बताए। आगामी ५ वर्ष भित्र बिद्यार्थीहरुले कस्तो नगरपालिकाको रुपमा गोकर्णेश्वर नगरपालिका देख्न चाहन्छन उनीहरु संग भएका योजना र भिजनको बारेमा समेत कार्यक्रम राखिने जानकारी दिदै उत्कृष्ट योजना र भिजनलाइ पुरस्कृत गर्नुपर्ने र उक्त भिजनलाई लागू गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
अन्त्यमा कार्यक्रमका सभापति तथा भेनस नेसनल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले बिगतमा भएका कमि कमजोरीलाइ सच्याउदै अगाडी बढ्नुपर्नेमा सुझाव दिएका थिए ।उनले सम्पूर्ण जनप्रतिनिधिहरुलाई नगरपालिकालाइ शैक्षिक हबको रुपमा विकास गर्न समेत अनुरोध गर्दै त्यसमा भेनस नेसनल कलेजको सहयोग रहने पनि बताएका थिए भने कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरि कार्यक्रम समापन भएको घोषणा गरेका थिए।