बागमती प्रदेश काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारीमा स्थापित जया मल्टिपल क्याम्पसले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना ब्यक्त गरेको छ।
जया मल्टिपल क्याम्पसले एक कार्यक्रमको आयोजना गरि गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसाल, कागेश्वरी मनहरा नगरपालिकाको नगर प्रमुख उपेन्द्र कार्की , शंखरापुर नगरपालिका उप प्रमुख समिता श्रेष्ठ, गोकर्णेश्वर उप प्रमुख सान्नानी लामा, वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा नं २ का वडा अध्यक्ष मधु तामाङ वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ७ का वडाअध्यक्ष केशब बहादुर गुरुङ वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष राजीव थापा कागेश्वरी २ का वडा अध्यक्ष सुरज खड्का लगायत सदस्य जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो।
जया मल्टिपल क्याम्पसका अध्यक्ष जगन्नाथ देवकोटाको सभापतित्वमा भएको बधाई तथा शुभकामना कार्यक्रममा क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले शुभकामना मन्तब्य राखेका थिए।उनले कार्यक्रममा बोल्दै निर्वाचन अघि जुन दलबाट निर्वाचित आएपनी समग्र नगर बासीको हितका लागि राजनीतिक दल र पार्टीको झन्डा भन्दा माथि रहेर नगरपालिका र देशको झण्डा मुनि रहेर समान निस्पक्ष रुपमा काम गर्नेमा जोड दिएका थिए।जनताको अभिमतले जितेर आएका जनप्रतिनिधिहरुले ५ वर्ष कार्यकालको लागि समग्र गोकर्णेश्वर नगरपालिकाको हित र विकासका लागि प्रतिबद्धताका साथ निर्वाचनका अवधिमा गरेका प्रतिबद्धता र घोषणा अनुरुप काम गर्नेमा बिश्वास व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण स्वयं क्याम्पस प्रमुख पौडेल ले गरेका थिए।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले आगामी ५ वर्ष भित्र नगरपालिकालाई कस्तो बनाउने जनताको सुझाव अनुरुप अगाडि बढ्न गोकर्णेश्वर नगरपालिकाबासीहरु संग सामुहिक अन्तर्कृया गरि भएका योजना र भिजनको बारेमा समेत कार्यक्रम राखेर उत्कृष्ट योजना र भिजनलाइ कार्यन्वयन गर्नुपर्ने बताए।
कार्यक्रमका सभापति जगन्नाथ देवकोटाले बिगतमा भएका कमि कमजोरीलाइ सच्याउदै अगाडी बढ्नुपर्नेमा सुझाव दिएका थिए ।उनले सम्पूर्ण जनप्रतिनिधिहरुलाई नगरपालिका लाई शैक्षिक हबको रुपमा विकास गर्न समेत अनुरोध गर्दै त्यसमा हाम्रो सदैव सहयोग रहने पनि बताएका थिए भने कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पुर्णमा धन्यबाद ब्यक्त गरि कार्यक्रम समापन भएको घोषणा गरेका थिए।