बागमती प्रदेश ।गोकर्णेश्वर नगरपालिका स्थित वडा नं ९ मा विभिन्न साबुन बनाउने तालिम समापन गरि मेसनरी सामान हस्तान्तरण गर्ने कार्यक्रम समापन गरिएको छ।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा ढुङ्गेधारा सेरोफेरो महिला समुहको आयोजनामा भएको कार्यक्रम संस्थाका अध्यक्ष भवानी कटुवालको सभापतित्व तथा नगरपालिकाका निवर्तमान अध्यक्ष सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको थियो।कार्यक्रमका विशेष अतिथिहरुमा नगर प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा रहेका थिए।अतिथिहरुमा गोकर्णेश्वरनगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापा,निवर्तमान उप प्रमुख शान्ती नेपाल,वडा नं ९ का निवर्तमान कार्यपालिका सदस्य सत्यमाभा श्रेष्ठ,वडा सदस्य लक्ष्मीदेबी गुरुङ,उमेश चालिसे,श्रीकृष्ण कारञ्जित,गमला कुमारी परियार लगायत संस्थाका सचिव पुजा कार्की,कोषाध्यक्ष उर्मिला मगर,सदस्य कल्याणी क्षेत्री,छायो शाक्य ताम्राकार लगायत प्रशिक्षार्थीहरुको उपस्तिथि रहेको थियो।
गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न साबुन निर्माण गर्ने झोल साबुन,मल्टी प्रपोज, फिनेल, डिसवास, पिताम्बरी,ह्यान्डवास लगायतका साबुन बनाउने तालिम समापन गरि मेसिनरी सामाग्री हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै विशेष अतिथि तथा नगरप्रमुख दिपक रिसालले विभिन्न साबुन बनाउने तालिम सम्पन्न हुनुका साथै गोकर्णेश्वर वडा नं ९ का महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बन्न नगरपालिकाको सहयोग रहेको बताएका थिए।त्यसैगरी आगामी दिनमा उत्पादन रहेका बस्तुहरु बजार ब्यबस्थापन लगायत सम्पुर्ण कुरामा नगरपालिकाले सहयोग गर्ने समेत बताएका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले बोल्दै हिजोका पाँच वर्षे कार्यकालमा कोहि महिला दिदिबहिनी अगाडी थिएनन मेरै पहलमा महिला दिदिबहिनीहरुका लागि कार्यक्रम राखेपछी दिदिबहिनीको स्वस्फूर्त उपस्थिति भएको बताए।महिलाहरु तथा ज्येष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रम गर्दा आलोचना हरु आए तर अहिले गोकर्णेश्वर नगरपालिकाले ठुलै फड्को मारेको बताए।उनले उत्पादनमा ध्यान दिनुहोस मेसिन ल्याउने काम आफुलाई जिम्मा दिन बताए।त्यसैगरी मेडिकल कलेज सम्बन्धी सामाग्री उत्पादन गरे मेडिकल कलेज निर्माण गर्ने जिम्मा समेत आफुले लिने बताए।जब उत्पादन हुँदै स्थायित्व हुन्छ त्यताबेला सानो बाट मुलुककै ठूलो उत्पादन तथा उपलब्धि हुने बताउदै निरन्तरता दिन सुझाव दिएका थिए।