गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको गणेश मन्दिर सामुदायिक सिकाइ केन्द्र भवनको उद्घाटन सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले सामुदायिक सिकाइ केन्द्रले समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न सिकाइ र कमाइसँगै लगेका सफल उदाहरण नेपालमा पाइने बताए । आफ्नो क्षमताअनुसार शिक्षा र सीप आर्जन र परिष्कृत गर्दै स्वरोजगार बन्ने अवसर प्राप्तिमा सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्दै आएको बताए ।सामुदायिक सिकाइ केन्द्रले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक विकास र विस्तारका लागि अहम भुमिका खेल्ने बताएका थिए।
निरक्षर व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट आधारभूत शिक्षा पाउने अवसर, विद्यालयबाहिरका केटाकेटीहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट विद्यालय शिक्षा प्राप्त गर्ने अवसर, समुदायका व्यक्तिहरूलाई साक्षरता, साक्षरोत्तर तथा निरन्तर शिक्षा जीवनपर्यन्त शिक्षा पाउने अवसर, व्यक्तिलाई आवश्यक ज्ञान सीप सूचना उपलब्ध गराउन पुस्तकालय वा स्रोतकेन्द्र सञ्चालन, समुदायका मानिसहरूको जीवनस्तर बढाउन पेसागत समूहहरू गठन गर्नुपर्ने बताए।
सिकाइ र कमाइ साथसाथै गर्ने खालका कार्यक्रमले समाजमा सम्मानित जीवन जिउने योग्यताको विकासको लागि सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्ने बिश्वास ब्यक्त गर्दै त्यसको व्यवस्थापनको लागि सबै जना एक जुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नगर प्रमुख दिपक रिसाल उप प्रमुख सान्नानी लामा, वडा अध्यक्ष राजिब थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
गणेश मन्दिरको बार्षिक पुजा गरिएको उक्त कार्यक्रममा
मंगलबार बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामाले संयुक्त रुपमा रिबन काटी उक्त भवनको उद्घाटन गरिएको हो।उक्त भवन उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, वडा सदस्यहरु उमेश चालिसे, श्रीकृष्ण कारंजित लक्ष्मी गुरुङ , गमला कुमारी परियार सहित स्थानीयको उपस्थिति बाक्लो उपस्थिति रहेको थियो।