पछिलो समय नामाङ्कनको बिषय प्रदेश एकको-सभामा उठेपछी गठबन्दनका सत्तापक्ष नेपाली काङ्ग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश एकको नाम भूगोलको अधारमा राख्ने कुरा बाहिरिए पछी त्यस्का विरुद्ध पहिचानवादी राजनितिक दल तथा भातृ संगठन र संघ सस्थाहरु जम्मा ३२ वटा मिली लिम्बुवान किरात सयुक्त संघर्ष समिती गठन गरी प्रदेश एकको राजधानी बिराटनगर स्थित संसद भवन र मुख्यमन्त्री कार्यलय अगाडी विशाल नराजुलुश, धर्ना तथा कोर्ण सभा संगै ज्ञापन-पत्र बुझौंने क्रम लगातार चलिरहदा साउन २२ गतेको धर्ना तथा कोण सभामा शुदुर पश्चिमको डोटी जिल्ला बाट संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध खसान मंचका अध्यक्ष रघुबिर ठगुन्ना र कैलाली जिल्ला टीकापुरकी सलोराम केन्द्रीय उपाध्यक्ष तथा दलित शिल्पी मंचकी अध्यक्ष शर्मिला वाग्चन र काठ्मण्डौ बाट राज्नितिक लेखक युग पाठ्क सो-धर्ना तथा बिरोध कार्यक्रममा एकाबद्दताका लगी सहभागी हुन आएको बेला सोही अवसरमा श्रावण २३ गते कमल गाउँपालिका कार्यसमिति अध्यक्ष अमर मावोहाङ्को अध्यक्षतामा केरखा बजार स्थित सेकुवा होटेलमा एक एतिहासिक साक्षत्कार कार्यक्र्म गरेको थियो।
सो कार्यक्रममा प्रमुख अथिती संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध खसान मंचका अध्यक्ष रघुबिर ठगुन्ना र स.खसान मंचका वरिष्ठ उपाध्यक्ष थर्क बहादुर बस्नेतलाई LV Chief कमाण्डर थाङशुहाङ लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सचिवालय सदस्य बलनाथ नाल्वो र स.स्दस्य कवि शेर्माको हातले बाट खादा ओढाई सम्मान गरिएको थियो।
उक्त बिचार बिमर्श कार्यक्रममा बोल्दै लघुबिर ठगुन्नाले लिम्बुवान किरात प्रदेश हुनुपर्छ भनेर आफू पुर्ब लिम्बुवानमा बिरोध धर्ना कार्यक्रममा आएको र २१ गते सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवालाइ पनि प्रदेश एकको नाम लिम्बुवान किरात हुनुपर्छ भनेर सुदुर पस्चिम्की दलित मंचकी अध्यक्ष शर्मिला वाग्चन हामिले ज्ञापन-पत्र बुझाएको अवगत गराउदै यता आएको र खास गरेर आफु संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको राजनितिक बिचार दर्शन र पार्टीले लिएको दृष्टिकोण राष्ट्रिय एकता संगै लिम्बुवान/खम्बुवान भए खसान पनि हुनसक्ने भन्दै आफू बिगतमा फौजी भएकोले हकाधिकारका लागी आफुमा पनी बिद्रोह स्वाभाबको भएको हुदा अहिलेको आन्दोलन लाई सरकारले बेवास्ता गरेर पहिचान रहित नाम राखे सबैले शसक्त आन्दोलन गर्न बिचार ब्याक्त गरेका थिए I

त्यस्तै खसान मंचका उपाध्यक्ष थर्क बहादुर बस्नेतले दुई घन्टा जति लामो आफ्नो भनाईमा खस सभ्यता लिम्बुवानको एतिहासिक पृष्ठभुमि र हिन्दु सनातन भित्रका केही मिथिया कुराको चिरफार गर्दै खस क्षेत्रीहरुले मान्ने मौलिक मष्टो धर्मको बारे बिवेचना गरेका थिए। त्यस्तै केन्द्र तथा प्रान्तिय सदस्यहरु क्रमशः थाङसुहाङ लावती, बलनाथ नाल्वो, कविन्द्र शेर्मा, नरेन्द्र लावतीले किराँत सभ्यता लिम्बुवान ईतिहास र भुगोल संग नेपालको राजनितीक बिच सुदुर पश्चिम खसान सभ्यताको बिबिध पक्षमा बिचार राखेका थिए।
भने लिम्बुवान किरात प्रदेश हुनुपर्छ भनेर शान्तिपुर्ण जारी धर्ना कार्यक्रमा एकाबद्द्ता जनाउन आउनुभएक सम्मानित अथितिहरुलाई कमल गाउँपालिका जनप्रतिनिधी कमल वाड न.एक का भोला दुलाल र वाड न.२-का भिम सिंह कार्किले बिशेष उहाहर्लाई धन्यवाद स्वरुप हार्दिक कृतज्ञता प्रकट गरेका थिए। अथितिहरुमा संघीय लिम्बुवान झापा महिला मञ्चकी सदस्य रेश्मा चेम्जोङ LV कमाण्डर बसन्तराज सुब्बा, LV कमाण्डर मेण्डम मेन्यङ्बो लगायत कार्यकर्ताहरुको उपस्थित कार्यक्रम लाई बिरेन्द्र कुमार याक्थुम्वाले सञ्चालन र स्वागत मन्तव्य झापा निर्वाचन क्षेत्र न.पाँचका क्षेत्रीय उपाध्यक्ष इन्द्र सदेम्वाले गरेका थिए।
भने सो कार्यक्रम पश्चात् अथिती भ्रमण इलाम चुलाचुली वडा न.एक ध्रुव लावती र सो वाडका सबै जनप्रतिनिधहरु माझ सदाचार भेटघाट सौहद्रापुर्ण बातावरण मा भएको थियो । त्यस पस्चात साझ सो-टोली दमक नगर पार्टी मुख्यालयमा अध्यक्ष कुमार लिङ्देन संग छुट्टै अर्को भेट्घाट कार्यक्रम भइ समसामायिक विषयमा छलफल भएको थियो।