काठमाडौ , छोर्गे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको तार्केश्वर नगरपालिका वडा नं १० स्थित त्रीबेणी बैङ्कुट पार्टी प्यालेसमा संस्थाका अध्यक्ष रुपा माया तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम का प्रमुख अतिथि तार्केश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले शुभकामना मन्तव्य राख्दै संस्था सहकारी ऐन नीति सिद्धान्तका साथ संचालन भएकोले भावी दिनमा पनि दिगो ढंगले संचालन भएमा सहकारीमा कुनै समस्या उत्पन्न नहुने बताउनु भयो । उहाँले नगरपालिकाको तर्फबाट सहयोग चाहिएमा सहयोग गर्न आफू तत्पर रहेको भनी प्रतिबद्धता गरेका थिए।
संस्थाका लेखा उपसमिति सुपरिवेक्षण संयोजक शर्मिला तामाङले सहकारी विधिवत ढंगले संचालन भएको र सहकारीको सेयर सदस्यहरुको मर्म भावना अनुरुप रहेको जानकारी दिदै संस्था पारदर्शी दुरदर्शिता सहित संचालनमा रहेको बताएकी थिईन।
त्यसैगरी संस्थाका ब्यबस्थापन प्रमुख नानी माया तामाङ (सञ्जिला) ले आ.व २०७८/७९ को आर्थिक प्रतिवेदनको आय ब्यय तथा आ.व २०७९/८० को बजेट नीति तथा कार्यक्रम बजेट बारेमा प्रस्तुत गर्नु गरेकी थिईन।
यसै क्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार एक्का प्रसाद तामाङ ( योगेन्द्र )ले शुभकामना मन्तव्य राख्दै सहकारी संस्था वैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका सचेत नेपालीहरुको गहन छलफल र बहस पछि तामाङको संयोजकत्वमा ६ जना सदस्यको समिति गठन गरेको थियो । ईश्वर लाल तामाङ, दल बहादुर तामाङ, लालबहादुर तामाङ, रविन्द्र कृष्ण कुमार तामाङको समितिमा सहकारी गठन भएको स्मरण गराएका थिए ।संस्था सहकारीको विधि पद्धति सिद्धान्त र सहकारीको मार्ग दर्शन अनुरुप संचालन भएकोले सहकारी द्रुतगतिमा अगाडी बढेको जानकारी दिएका थिए। सहकारीले आज १२ औ वार्षिक साधारणसभा गर्न सफल हुनुमा संस्थाको सेयर सदस्यहरु, कर्मचारी ,ब्यबस्थापक प्रमुख ऋण उपस्थित लेखा सुपरिवेक्षक र शिक्षा समितिको महत्त्वपूर्ण भुमिका रहेको भन्दै प्रशंसा समेत तामाङले गरेका थिए ।
सभामा संस्थाले सबैभन्दा बढी सेयर खरिद सदस्य ,असल ऋणि,लामो समयसम्म मुद्दाती बचत गर्ने हरुलाई प्रसंशापत्र र मायाको चिनो सहित सम्मान गरेको थियो। कर्मचारीहरुलाई पनि असल तार्गेट्मा पुग्न सफल भएकाले ब्यबस्थापक प्रमुख नानी माया तामाङ लगायत सम्पूर्ण कर्मचारीहरुलाई मायाको चिनो कार्यक्रमको सभापतिद्धारा प्रदान गरिएको थियो ।
संस्थाका सचीव संगिता तामाङद्वारा सहजीकरण गरिएको कार्यक्रममा संस्थाका संस्थापक सदस्य तथा निवर्तमान प्रबन्ध निर्देशक तथा संचालक समिति सदस्य लालबहादुर सिङतान तामाङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रुपा माया तामाङले कार्य प्रगति विवरण तथा आर्थिक प्रगति विवरणबारेमा प्रस्तुत गरेकी थिइन । कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि विशेष अतिथि तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहकारी सेयर सदस्यहरु प्रति सधै सेवामा समर्पित रहेकोमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम बिसर्जन गरिएको थियो।