काठमाडौं, फाल्गुन १ । स्वास्थ्यको लागि खेलकुद गोकर्णेश्वरको लागि खेलाडी भन्ने मूल नाराको साथमा आयोजित गोकर्णेश्वर नगरपालिका स्तरीय अन्तर बिद्यालय राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माध्यमिक विद्यालयले जितेको छ ।चामुण्डा माध्यमिक विद्यालयले २०६ अंक प्राप्त गर्दै नगदसहित शिल्ड प्राप्त गरेको हो ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नारा सहित गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा माघ २७ गते देखि माघ २९ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा इष्टपोल मा.वि.१३९ अंक सहित द्वितीय र ९६ अंक सहित गोकर्ण मा.वि.ले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः नगद रु १५ हजार, १२ हजार र ९ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । बाल सुधार स्कुलको प्राङ्गणमा आयोजित समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल बिशेष अतिथि उप प्रमुख सान्नानी लामा , प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा, शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा , वडा अध्यक्षहरु वडा अध्यक्षहरु द्वारिका श्रेष्ठ, जयराम महत, नवराज लामा, केशव गुरुङ, नगर युवा तथा खेलकुद समतिका संयोजक सञ्जय लामा लगायतले उपाधि जित्न सफल विद्यालय र खेलाडीलाई नगदसहित शिल्ड प्रदान गरेका थिए ।
त्यस्तै, प्रतियोगितामा इष्टपोल माध्यमीक विद्यालयले १३९ अंकसहित द्धतिय र गोकर्ण माध्यमिक विद्यालय ९६ अंक प्राप्त गरि तृतिय स्थान हासिल गरेको छ ।नगर प्रमुख रिसाल सहित उपप्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, वडाध्यक्ष तथा जनप्रतिनिधिहरुले शिल्ड, पदक, ट्रफी र प्रमाणपत्र प्रदान प्रदान गरेका थिए ।
तीन दिन सम्म चलेको प्रतियोगितामा ३६ वटा विद्यालयका १ हजार भन्दा बढी विद्याथी खेलमा सहभागि थिए । प्रतियोगिताका विभिन्न ६ विधा अन्तर्गत खेल खेलाइएको थियो ।समापन कार्यक्रममा वडा सदस्यहरु सुमन लामा, प्रेम बहादुर खड्का, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, लक्ष्मी गुरुङ, प्रियस दाहाल, गंगा प्रसाद खतिवडा, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु हरि प्रसाद उपाध्याय, भुपेन्द्र बोहरा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।@muglanikhabar.com