काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका स्थित जोरपाटीमा नगरपालिकाद्वारा स्थापित तथा सानो बजार ब्यबसायीबाट संचालित सानो बजारको उद्घाटन गरिएको छ।
सानो बजार ब्यबसायी समुहका अध्यक्ष बद्री खतिवडाको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रतिनिधि सभा सांसद सन्तोष चालिसेको प्रमुख अतिथ्यता रहेको थियो।त्यसैगरी बिशिष्ट अतिथिमा माननीय सांसद शान्ती श्रेष्ठ,बिशेष अतिथिहरुमा नगर प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा,पुर्व सांसद क्रुष्ण राज राई,वडा अध्यक्षहरु,वडा सदस्यहरु,सानो बजार ब्यबसाय समितिका सदस्यहरु,जनप्रतिनिधिहरु उपभोक्ता तथा स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो। समितिका सचिब बिष्णु ढकालद्वारा संचालित कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यद्वारा समितिका सदस्य लक्ष्मी केसीले स्वागत गरेकी थिइन।
कार्यक्रममा नवनिर्मित तथा नव स्थापित सानो बजारको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेको हस्त बाहुलीबाट रिवन काटी उद्घाटन गरिएको थियो। कार्यक्रममा मन्तव्य राख्नेहरुमा: नेकपा माओबादी केन्द्र नगर कमिटीका अध्यक्ष किरण नेपाल,चामुन्डा सहकारी संस्था लिमिटेडका सचिब सरोज श्रेष्ठ,नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,नगर उपप्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा , नगर प्रमुख दिपक कुमार रिसाल लगायतले आफ्ना भनाई राख्दै शुभकामना मन्तब्य राखेका थिए।मन्तब्यमा नगर प्रमुख रिसालले लामो समयदेखी ब्यबसाय गर्दै आएका व्यापारी उधमीलाई बिस्थापन गर्नु समाधानको बिकल्प नभएकोले नयाँ ठाउँमा नयाँ बजारको स्थापना गरि स्थानान्तरण गरिएको बताउदै यो रोजिरोटी, रोजगारी संग जोडिएको चुल्हो बल्ने, बिहान र बेलुका हात जोड्ने अवस्थाको कुरालाई मनन गर्दै आज यो उद्घाटन गर्न सफल भएकोमा सबैलाई धन्यवाद ब्यक्त गरेका थिए।
मुग्लानी खबरको प्रश्नमा नगर बासीको आँखामा आँसु देख्ने आफ्नो स्वभाव नभएकोले पहिला ब्यबस्थापन गरेर मात्र अगाडि बढिएको बताएका थिए। कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बोल्दै लामो समय पछिको कसरतबाट कसैको आँखामा आँसु बिना हासो छर्न सकियो हुँदा सबैको कल्याण हुने कार्य भएको बताएका थिए।यो बजार ब्यबस्थापनले आगामी अझै राम्रो आर्थिक उन्नती गर्न सकिने,सहज रुपमा ब्यापार संचालन गर्न सकिने बताएका थिए।कार्यक्रमको अबधिभर मुग्लानी खबरबाट लाईभ प्रशारण समेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष बद्री खतिवडाले कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण उपस्थित दाजुभाई तथा दिदिबहिनीहरुलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।