युएई, किराँत याक्थुङ चुम्लुङ युएईको सातौँ महाधिवेशन गत ०८ अक्टुबर २०२३ का दिन युएईको बर दुबई स्थित सिन्ध पञ्जाब रेष्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त महाधिवेशनबाट अध्यक्ष पदमा पुन: कमल लावती लिम्बुको नेतृत्व मा २५ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित हुनु भएको छ । खुल्ला-सत्र कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल लावती ले गर्नु भएको थियो भने प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव डि. के. किराँती, र बिशिष्ट अतिथिमा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारी रहजु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डि. के. किराँती लगायतको हातबाट दिप प्रज्वलन गरि शुरु गरिएको कार्यक्रममा संस्थाका सचिव बुद्ध लिङ्देनले स्वागत मन्तब्य राख्नुभएको थियो। २०२१ - २०२३ कार्यकालको सांगठानिक प्रतिवेदन महासचिव सुश्री मनिषा सुब्बा, आर्थिक प्रतिबेदन सचिव बुद्ध लिङ्देनले दिनु भएको थियो ।
महासचिव सुश्री मनिषा सुब्बाद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरूमा, तुम्याहाङ् खड्ग पंधाक, संस्थापक सदस्य नन्द ताम्लिङ्ग, मगर संघ, किरात राई यायोक्खा, तमु समाज, ताप्लेजुङ समाज, किरात साहित्य तथा उत्थान संघ, र थुपुको थेबे समाज जस्ता युएईका विभिन्न संस्थाबाट उपस्थित संस्था प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए।
बन्द-सत्र कार्यक्रमको अध्यक्षता अधिवेशन समिति संयोजक योगेश निङ्लेकु,बिशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका का अध्यक्ष बिक्रम पंधाक रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण चुम्लुङ का सल्लाहकार डम्बर लिबाङ्ले गर्नुभएको थियो।
उक्त अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसअनुसार अध्यक्ष:- कमल लावती लिम्बु, बरिस्ठ उपाध्यक्ष:- पोबो थेबे लिम्बु ,उपाध्यक्ष:- गोबिन्द लुम्फुवा लिम्बु,द्वितीय उपाध्यक्ष :- बिक्रम वजिहाङ् लिम्बु,महासचिव:- मनिषा सुब्बा ,सचिव: बुद लिङ्देन लिम्बु ,कोषाध्यक्ष:- सृजना लावती, सह कोषाध्यक्ष:- सन्तोस माङ्देन लिम्बु ,प्रवक्ता:- भिमा इधिङ्गो लिम्बु, साँस्कृतिक बिभाग प्रमुख:- सिता देवी इजम लिम्बु लगायत निर्वाचित हुनुभएको छ।
त्यसैगरी निर्वाचित सदस्यहरुमा श्री ३ यतिम हाङ् मेन्याङ्बो लिम्बु ,दिनेश कुमार लिम्बु , मिना लिम्बु, सरु बेघा लिम्बु,राजु तुम्बापो लिम्बु , लक्ष्मी माया लिम्बु, भारती सुब्बा , दिलिप हाङ् आङ्देम्बे लिम्बु , फत्ते बहादुर कुरुम्बाङ लिम्बु ,सन्जा लिम्बु , संजय चोङ्बाङ्, सबिता नाल्बो ,. जितेन्द्र लिम्बु, जमुना यक्सो, नन्द कुमार यक्सोलगायत रहनुभएको छ।