दोहा : गण्डकी प्रदेश समन्वय परिषद् कतारको आयोजना तथा मातहतका जिल्ला संस्थाहरूको सहआयोजनामा कतारको आधारभुत श्रम कानुन" सामाजिक सुरक्षा तथा राहदानी र श्रम स्वीकृति अन्लाईन नविकरण प्रशिक्षण कार्यक्रम २०२३ दूतावासको सभाहलमा सम्पन्न भएको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकारका प्रोफेसर रमजान अलि मिया, एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी सङ्गै कतारमा स्थापित संघ-सस्थांका प्रमुख एवं प्रतिनिधिको उपस्थित रहेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली समुदायका प्रतिनिधि प्रोफेसर रमजान अलि मियाले बोल्दै कतारको नीति नियम र नियमन, भाषा कानुनको बारेमा बताउदै कतार राज्यको श्रम र ऎन सम्बन्धी प्रष्ट पार्द सबैलाई कतारको नियम र कानुनलाई पालना गर्न आग्रह समेत गरे ।
कतारमा रहेका नेपाली श्रमिकका बिषयमा बताउदै मानव अधिकार सम्बन्धी कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्न आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ तथा विभिन्न प्रदेशमा समेत रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले दूतावासप्रति श्रमिकले सामाजिक सञ्जालमा राखेका गुनासाहरूको जवाफ दिन थालेको बताउँदै दूतावासले गर्नुपर्ने कार्यक्रम गण्डकी प्रदेशले आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
नेपाली राजदूतावास कतारका श्रम सहचारी वक्ता कृष्ण पौडेल ले सामाजिक सुरक्षा कोषको बारेमा बोल्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकले सामजिक सुरक्षा कोषबाट प्राप्त गर्ने छुट तथा अन्य ब्यवस्थाहरु तथा सहुलियत सम्बन्धी ब्यवस्थापन सहित सामाजिक सुरक्षा कोषमा किन र कसरी आवद्ध हुने भन्ने बिषयमा जानकारी गराए ।
राहदानी नवीकरणको फाराम कसरी भर्ने, गल्ती भएमा दूतावासका अधिकारीहरूले कसरी सहजीकरण गर्छन् भन्ने बारेमा नियोगका सहचारी सन्ध्या भट्टराईले स्पष्ट पारेकी थिइन् । प्रशिक्षण वक्ताहरुलाई गन्डकी प्रदेशले नेपाली ढाका टोपी लगाएर मायाको चिनो सहित सम्मान गरेको थियो ।
गन्डकी प्रदेश परिषद कतारका वरिष्ठ उपाध्यक्ष नन्दलाल बिक को स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव कल्याण थापा ले गरेका थिए । सभापति पौडेलले कार्यक्रमलाई समापन गर्दै सभ्य र भब्य बनाउन सहयोग गरिदिनुहुने प्रदेश मातहतमा रहेका सम्पुर्ण जिल्ला संस्थाका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्दै समापन गरेका थिए ।