दोहा : नेपाली साहित्यका महान् नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा एक भव्य समारोहसहित कतारमा रहेका साहित्यक अनुरागीहरूको साथ,सहयोग र उपस्थितिमा कवि कृसु क्षेत्रीको एकल कविता वाचन सहित "११४ औं लक्ष्मीजयन्ती समारोह " कार्यक्रम सम्पन्न भएको छ ।
लक्ष्मी जयन्ती समारोह २०८० तथा एकल कविता वाचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष लेख कार्कीको सभापतित्वमा र नेपाली दूतावास कतारका प्रथम सचिव, साहित्यकार कवि कृसु क्षत्रीको प्रमुख आथित्यता रहेको थियो ।कतारमा स्थापित विभिन्न सङ्घ संस्थाको उपस्थितिमा आशनग्रहण पश्चात् महाकविको तस्बिरमा माल्यार्पण गर्दै समारोहका सभापति र प्रमुख अतिथिबाट दीप प्रज्वलन सहित ब्यानर उत्घाटन भएको थियो।
कार्यक्रमका मुख्य आकर्षण साहित्यकार कवि कृसु क्षेत्रीले एकल कविता वाचन सुरु गर्दै उनले वाचनका क्रममा गीत लेखनको यात्रा, र यात्राकै क्रममा जोडियाका विभिन्न प्रसङ्ग र पृष्ठभूमिसहित प्रेमिल कविता पनि वाचन गरेका थिए ।
आफुले भोगेको कथा , भुइँचालोमा सहयोगको नाममा देखीएका बिकृती, बिसंगती देखि दसैं - तिहार चाडपर्व सम्बन्धी कविता वाचन गरे भने देशमा देखिएको भ्रष्टाचार सम्बन्धी पनि कविता मार्फत ब्याङ्ग गरे । करिव १ घन्टा सम्म कविता वाचन गरेका क्षेत्रीले उपस्थित सम्पुर्णलाई भरपुर्ण साहित्यक मनोरञ्जन दिलाए ।
हँसिला मुहारमा कसिला कविता वाचन गर्दा मात्र हैन समाजका व्यथिति र विसङ्गतिमाथिको जोसिला कविता वाचन हुँदा तालीको गडगडाहट भएको थियोक्षेत्रीलाई कार्यक्रमको मूल समारोहको तर्फबाट दोसल्ला सहित मायाको चिनो प्रदान गरिएको थियो।
![](https://www.muglanikhabar.com/uploads/editor/2023-11-17/185616760IMG-20231117-WA0130.jpg)
कार्यक्रमका सञ्चालन नवोदित साहित्य वाचनलय कतारका मोबाईल पुस्तकालय संयोजक सोम थापाले गरेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ( साहित्य तथा प्रकाशन विभाग ) संयोजक तथा कार्यक्रम उप -संयोजक सन्तोष क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए ,सन्ध्याग्रुप मुग्लानी सौगातका कार्यवाहक अध्यक्ष सन्तोष केसीले महाकविको बारेमा थप रोचक जानकारीसहितको महाकविको जीवनी पस्किएका थिए।।
अत्यन्तै सौम्य र शान्त वातावरणमा सम्पन्न कार्यक्रममा एकल कविता वाचन पश्चात् एनआरएनए एनसिसि कतारका अध्यक्ष रमेश भट्टले धन्यवाद ज्ञापन सहित आफ्नो मन्तव्य राखे !
कार्यक्रमका सभापति तथा अनेसास कतारका अध्यक्ष लेख कार्कीले विशेष गरेर कतार डायसपोरामा रहेर नेपाली भाषा, साहित्य र कलालाई माया गर्ने ४ संस्था हरुले विभिन्न साहित्य तथा बाचन डवली कार्यक्रम अलग अलग गर्दै आएका बताए ।
यद्यपि विशेष कार्यक्रम हरु मोति जयन्ती, भानु जयन्ती, पारीजात जयन्ती अनेसास नबोदित र लक्ष्मी जयन्ती,दोहामा स्थापित ४ ओटै साहित्यिक संस्थाहरुले नेपाल बाट चर्चित साहित्यकार लाई आमन्त्रित गरेर कार्यक्रम गर्दै आइरहेको बताए । कार्कीले कवि कृसु क्षेत्रीले साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै दूतावासको सहयोग र उपस्थिति प्रति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको विसर्जन गरेका थिए ।
१४० औँ रचना वाचन शृङ्खलासहित अनेसास र नवोदित वाचनालय कतार, ९० औं रचना वाचन शृङ्खलासहित मुगलानी सौगात र एनआरएनए एनसिसि कतार साहित्य विभाग गरी चार संस्थाको समन्वयमा कार्यक्रम भएको थियो।