दोहा : मध्य पुर्वको एक सानो देश कतारमा वैदेशिक रोजगारिको शिलसिलामा करिव दुई दशक देखी नेपाली हरु आइरहेको पाइन्छ ।
धेरै जसो नेपालीहरु कतारमा श्रमिको रुपमा आइरहेको पाइन्छ । पछिल्लो समय केहिले त्यहि श्रमबाट सिकेको सिप, पुजि, लगानी, मेहेनतले आफ्नै व्यबसायीक जिवन पनि सुरु गरिरहेका छन ।
यसैको उदाहरण हुन नवीन बस्नेत,विगत १८ वर्ष देखि कतारमा वरिष्ट मेकानिकल इन्जिनियरको रुपमा कार्यरत बस्नेत ८ वर्ष अन्य कम्पनीमा कामको अनुभव लिएर विगत १० वर्ष देखि पार्टनर मा आफ्नै काम गर्दै आइरहेका थिए र बिधिवत रुपमा अहिले आफ्नो नाममा कम्पनी दर्ता गरी,नवीन अटो ग्यारेज एन्ड स्क्र्याप खोल्न सफल भएका छ्न ।
विशेष नेपाली समुदायलाई सहज र सुबिधा पुर्याउने गरि आफुले अटो ग्यारेज एन्ड स्क्र्याप सन्चालनमा ल्याएको संचालक बस्नेतले बताए । नुवाकोट सेवा समाज कतारको सल्लाहाकार लगायत विभिन्न संघ संस्थामा आबद्ध रहि सामाजिक क्षेत्रमा पनि बस्नेत क्रियाशिल रहेका छ्न ।
सनैयाँ २८ नम्बरमा खुलेको "नवीन अटो ग्यारेज एन्ड स्क्र्याप" लाई शुक्रबार कतारका सफल युवा व्याबसायि, सामाजिक अभियान्ता , गैर आवासीय नेपाली संघ,रास्ट्रिय समन्वय परिषद कतारका सह - कोषाध्यक्ष झबिन्द्र आचार्यले रिवन काटी उट्घाटन गरेका थिए । उट्घाटन कार्यक्रममा नेपाल बाट आउनु भएको एनसिसि कतारका सदस्य विवश बेल्वासेको सपरिवार सहित उहाँको छोरी बाट पनि सुभारम्भ गरिएको थियो ।
उट्घाटन कार्यक्रममा ग्यारेजका पुराना तथा नया ग्राहाक र जिल्ला बासी सहित नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।