दोहा : विश्वकप पछिको दोस्रो ठूलो प्रतियोगिता "एसियाली फुटबलको कुम्भमेला" शुक्रबार कतारमा सुरुहुँदै छ ।
१२ जनवरि २०२३ देखि १० फेब्रुअरी सम्म कतारका विभिन्न स्टेडियममा हुने एसियन कप फुटबल खेलमा एसियालि देशका २४ रास्ट्रले खेल्ने छ्न ।
एसियन कप खेलहरूको स्क्रिनिङ बाहेक, फुटवल स्टेडियमका फ्यान जोनहरूमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति पनि हुने भएका छ्न ।
कर्मभूमिले आयोजना गरेको प्रतियोगिता सफल बनाउन नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयनमा उल्लेखित फ्यान जोन हरूमा नेपाली साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिने भएकोले उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनुहुन एनसिसि कतार साँस्कृतिक संयोजकबिबेक पुलामी मगरले आग्रह गरेका छ्न ।
साथै परिवार सहित जाने दर्शक हरुका लागि अलखोर औधोगिक क्षेत्रको फ्यान जोनमा सुरक्षित स्थानको ब्यबस्था गरिएको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले जानकारी गराएको छ ।
साँस्कृतिक कार्यक्रम हुने स्थान र समय निम्न अनुसार रहेको छ ।
मिति: ११ जनवरी २०२४ बिहिबार, समय: बेलुकी ७ बजे
स्थान: अलखोर औधोगिक क्षेत्रको स्टेडियम
नेपाली समुदायको प्रतिनिधित्व गर्दै तमु गुरुङ समाज कतारका कलाकारहरु
स्थान: बारवा वाराहमा रहेको फुटबल स्टेडियम
नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर संघ, शाखा कतारका कलाकारहरु
स्थान: एसियन सिटि फुटबल स्टेडियम
नेपाली समुदायको प्रतिनिधित्व गर्दै धानुक सेवा समाज कतारका कलाकारहरु
मिति: १२ जनवरी २०२४ शुक्रबार, समय: बेलुकी ७ बजे
स्थान: अलखोर औधोगिक क्षेत्रको स्टेडियम (परिवार सहित जाने दर्शक हरुका लागि सुरक्षित स्थानको ब्यबस्था गरिएको छ )
नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर संघ शाखा कतारका कलाकार
स्थान: बारवा वाराहमा रहेको फुटबल स्टेडियम
नेपाली समुदायको प्रतिनिधित्व गर्दै तमु गुरुङ समाज कतारका कलाकार
स्थान: एसियन सिटि फुटबल स्टेडियम
नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेवा पुचः कतारका कलाकार बाट साँस्कृतिक प्रस्तुति रहने छ ।