काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाले यहि आउँदो माघ ११ र १२ गते तेस्रो वृत्ति परामर्श तथा रोजगार नेला -२०८० आयोजना गर्ने भएको छ।
श्रम, श्रमिक र श्रम बजारप्रति सदैव संवेदनशील हुँदै यस क्षेत्रमा नविनतम अभ्यास गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले मिति २०८० माघ ११ र १२ गते बुढानीलकण्ठ नगरपालिका परिसरमा मेलाको आयोजना गर्न लागेको हो।उक्त मेलामा विद्यार्थी, बेरोजगार युवा, रोजगारदाता र मानव संसाधन निर्माणकर्ता (प्राविधिक शिक्षालय वा कलेज) हरुलाई एकै स्थानमा उपस्थित गराएर श्रम बजारको आवश्यकता र प्रवर्द्धन, मानव संसाधन विकासबीच देखिएको मिस म्याचलाई न्यूनीकरण गर्ने, माग अनुसारको मानव संसाधन विकास कार्यलाई व्यवस्थित गर्ने, श्रमप्रति भक्ति, विश्वास र सम्मान जागृत गराउने हेतुले तेस्रो श्रृङ्खलाको 'बृत्ति परामर्श तथा रोजगार मेला' को आयोजना गर्ने भएको हो ।
उक्त दुई दिने मेलामा इच्छुक रोजगारदाता व्यक्ति/संस्था, प्राविधिक शिक्षालय तथा कलेजहरुले नगरपालिका शिक्षा महाशाखामा स्टल दर्ताका लागि सम्पर्क राख्न हुन नगर उप प्रमुख अनिता लामाले अनुरोध गर्नुभएको छ भने वृत्ति मेलाका विविध आकर्षणहरु रहेका छन जसअनुसार विद्यार्थीहरुका लागि बृत्ति परामर्श सेवा, रोजगार विनिमय सेवा, गरि खानेका कथा श्रवण,विविध उद्यमशीलताको प्रदर्शन,१० महिने कुक तालिम, कम्प्युटर हार्डवेयर र इलेक्ट्रिसियन तालिमको माग संकलन र स्थलगत भर्ना सेवा, स्थानीय रोजगारदातालाई विशेष सम्मान, नगरपालिकाको सेवा प्रवाह प्रत्यक्ष अवलोकन तथा जनप्रतिनिधि बिच भेटघाट लगायत विभिन्न ज्ञानवर्धक,मनोरञ्जनात्मक, जीवनोपयोगी कार्यक्रम हुनेछन।