कमल/ बसन्तराज सुब्बा - कमल गाउँपालिकामा रहेको केर्खा प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक रामकाजी कटुवाललाई सम्मान सहित बिदाई गरिएको छ।
कमल गाउँपालिकामा नौ महिना अघि सरुवा भई सई रामकाजी कटुवाल केर्खा प्रहरी चौकीका इन्चार्जका रुपमा आउदा केहिदिन अघि उनी नेपाल प्रहरीको प्रहरी निरीक्षकमा पदोन्नति भएका थिए। प्रहरी निरीक्षक कटुवाल दमक इलाका प्रहरी कार्यलयमा स्थान्तरण हुने भएपछि उनलाई बिदाई गर्नेहरुको लर्को माघ १७ गते बिहानै देखि दिनभर बिभिन्न संघ-संस्थाहरुको भिड केर्खा चौकीमा रहेको थियो । चौकी क्षेत्रमै रहेको फाल्गुनन्द टोलमा माघ १८ गते नरेन हाङ लिम्बुको सहजीकरणमा फाल्गुनन्द टोल बिकास संस्थाकी अध्यक्ष सेलिना राईको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी बधाई तथा बिदाई कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।
सम्मान तथा बिदाई कार्यक्रममा प्रहरी निरीक्षक रामकाजी कटुवालका धर्मपत्नी साबित्रा कटुवाल पनि उपस्थिती रहेकी थिइन।
राष्ट्रियगान र परिचयात्मक कार्यक्रम बाट शुरु गरिएको उक्त कार्यक्रममा इन्स्पेक्टर काजीलाई अबिर जात्रा तथा खादा ओढाई सम्मान गरिएको थियो साथै संस्थाकी अध्यक्ष शेलिना राईको हस्त बाहुली बाट प्रसंशा-पत्र प्रदान गरिएको थियो ।
फाल्गुनन्द टोल बिकास संस्थाले मायाको चिनो स्वरुप चाँदिको सिलाम साक्मा सामाजिक व्यक्तित्व अर्जुन मेन्याङ्बोको हातबाट पेअदान गरिएको थियो।
त्यस्तै कार्यक्रममा झापा जिल्ला प्याब्सनका अध्यक्ष गौरिमान फागो, आदिवासी जनजाती महासंघ कमल गा.पा.अध्यक्ष बद्री साङ्पाङ राई , पुर्व अध्यक्ष छत्र हाङ फागो , सामाजिक ब्यक्तित्व मनकुमार थलङ, महिला समावेशी शशक्तिकरण केन्द्र की अध्यक्ष पूर्णिमा देवान, पुर्ब अध्यक्ष गौरा चापागाई सुनचाँदी व्यवसायिक बिद्या बिश्वकर्मा लगायत अन्य सामाजिक व्यक्तित्वहरु र फाल्गुनन्द टोल बि.का सदस्यहरुको उपस्थिति रहेका थियो।
समाजसेवी विरेन्द्र कुमार याक्थुम्वाद्वारा सञ्चालित सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राजु खड्काले गरेका थिए। अन्त्यमा संस्थाकी अध्यक्ष शेलिना राईले समापनमा नौ महिना सम्म केर्खा चौकीमा रही जनताको शान्ति सुरक्षा, हात्ती आतंक,झैझगडा लाई न्यूनीकरण गरि जनताको सेवामा बफादार भई स्थानीयवासीहरु मन जित्न सफल केर्खा प्रहरी चौकीका इन्चार्ज कटुवालको प्रहरी निरीक्षक पदमा बढुवा भएकोमा खुशी ब्यक्त गरेकी थिइन।अध्यक्ष राईले सिङगो फाल्गुनन्द टोल बासीबाट धेरै धेरै बधाई संगै उहाँको सफल कार्यकालको शुभकामना दिदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन !