दोहा : संखुवासभा समाज कतारद्वारा "संखुवासभालि माटोमा जन्मेका" गायक तथा संगीतकार उमङ्ग लामा सङ्ग भेट्घाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल तामाङ घेदङ प्रवास कार्य समिती कतारले आयोजना गरेको बृहत ल्होसार कार्यक्रमको निम्ति कतार आएका लामालाई नेपाली गीत सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै मायाँको चिनो सहित सम्मान गरेको हो ।
बिगत दुई दशक देखी साङ्गेतिक क्षेत्रमा निरन्तर अगाडि बढ्दै पुर्बेली लोक गीत सङ्गीतमा आफ्नो छुट्टै पहिचान बनाइरहेका गायक तथा संगीतकार उमङ्ग लामा आफ्नो जीवनमा आएका अनेकौं संघर्ष विभिन्न उतारचढाव चुनौतीहरु लाई पार गर्दै यो क्षेत्रमा केही गर्छु भन्ने आँट हिम्मतका साथ संगीत क्षेत्रमा सकृय रहेका छ्न ।
नेपालबाट कतार आई आफ्नो प्रस्तुति दिन पाउदा आफूलाई गौरवशाली भएको अनुभुती भएको लामाले बताए । पुर्बेली जगतमा आफ्नो परिचय दिईसकेका लामा केहि समय पछि आफ्नो नयाँ गित सहित आउने जानकारी गराए । लामाले तीन दर्जन भन्दा बढी गीत रेकर्डिङ साथै विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छ्न ।
समाजका का. बा अध्यक्ष बिरेन मादेन लिम्बुको अध्यक्षता, गायक तथा संगीतकार उमङ्ग लामाको प्रमुख आथित्यता रहेको सम्मान कार्यक्रममा बिशेष अतिथिमा संस्थाका संरक्षक पर्शुराम दाहाल ,सल्लाहकार दुर्गा थापा , शंकरमान राई, पुनम दाहाल यसै गरी गैर आवासीय नेपाली संग रास्ट्रिय समन्वय परिषद कतारका द्वितिय उपाध्यक्ष केशव कार्की , नेपाल तामाङ घेदुङ कतार प्रवास कार्य समितिका अध्यक्ष बिकास तामाङ, सेर्पा किदुग दोहा कतारका प्रमुख सल्लाहकार तेन्जि शेर्पा, बागमती प्रदेश समन्वय परिषद कतारका सचिव आयुस घले लगायतका ब्याक्तीहरुको मन्तव्य रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पुर्णमा संस्थाका सचिव भिम थापाले स्वागत मन्त्ब्य राखेका थिए साथै गायक उमङ्ग लामाले उपस्थितिमा आफ्नो केही साँङ्गेतिक कोसेलीहरु पनि पस्किएका थिए ।
कार्यक्रमको सहजीकरण संखुवासभा समाज कतारका महासचिव पदम प्रसाद सिम्खडाले गरेका थिए । उपस्थित सम्पूर्ण कार्य समितिका पदाधिकारी लगायत महानुभावहरुले लामाको आगामी सांगीतिक दिनहरु सफल रहुन् भन्दै सुभकामना व्यक्त गर्नुका साथै अन्त्यमा अध्यक्षता मादेनले गायक तथा संगीतकार उमङ्ग लामा संगको ल्होछार कन्सर्ट - २०२४ को माध्यमबाट भेटघाट तथा सम्मान गर्ने अवसर प्रदान गरेकोमा नेपाल तामाङ घेदुङ कतार प्रति आभारी हुनुका साथै संखुवासभा समाज कतारमा स्थापित सम्पुर्ण संघसंस्थाहरुसंग हातेमालो गर्दै एक अर्काबिच भाईचाराको सम्बन्ध कायम राख्ने बताउदै कार्यक्रम समापन भएको थियो ।