दोहा : कतारमा स्थापित संस्था `शेर्पा किदुग दोहा कतारको´आयोजनामा राष्ट्रिय पर्व "ग्याल्पो लोसार" चाड दोहामा मनाइने भएको छ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले (स्यिङ फो डुक लो २१५१ औं ) ग्याल्पो ल्होसार चाड मनाउन लागेका हुन । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
"भाषा धर्म कला र संस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान" भन्ने मुल नाराका साथ सन : २०१७ मा स्थापना गरिएको संस्था "शेर्पा किदुग दोहा कतारको आयोजनामा ग्याल्पो लोसार" चाड सनैया स्थित वेलफेयर रेस्टुरेण्टको सभाहलमा मार्च ८ शुक्रबारका दिन मनाउन लागिएको अध्यक्ष पेम्बा शेर्पाले जानकारी गराए ।
बिगतका बर्ष हरुमा जस्तै यस बर्ष पनि "स्यिङ फो डुक लो २१५१ औं ग्याल्पो लोसार" शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रम स्थानीय चर्चित कलाकार हरुको बेजोड प्रस्तुतीको साथमा मनाउन लागिएको किदुगका महासचिव महासचिव- सम्देन शेर्पाले बताए ।
उक्तदिन कतारमा कृयाशील विभिन्न संघ सस्थाका प्रमुख , पत्रकार हरु, समाजसेवी व्याक्तित्व लगायत कतारमा रहनु भएका सम्पुर्ण शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाई तथा दिदिबहिनि हरूमा उपस्थितीको लागी हार्दिक निमन्त्रणा गरिएको आयोजक संस्था शेर्पा किदुग दोहा कतारले जनाएको छ ।