दोहा : "जहाँ श्रमिक त्यहाँ जिफन्ट" "सबैका लागि सामाजिक सुरक्षा, श्रमजिवि बर्गको समुह जिवनको आधार, भन्ने मुल नाराका साथ स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ ( जिफन्ट ) कतारको छैटौं अधिबेशन सम्पन्न भएको छ ।
छैटौं अधिबेशनबाट प्युठान निवासी समुन्द्र खड्काको नेतृत्वमा २५ जनाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा गुमान सिंह बि. क - नबराज शाही , महिला उपाध्यक्ष -. मञ्जु गुरुङ ,महासचिव . लोक बहादुर थापा, सचिव - लोक बहादुर जोगी,संगठन सचिव- गिरी प्रसाद दर्लामी,आर्थिक सचिव- सल बहादुर श्रेष्ठ रहेका छ्न ।
सदस्यहरुमा क्रमश चन्द्र बहादुर कुँवर, रामजी खड्का,रमेश कुमार श्रेष्ठ, राधिका परियार ,तारादेवि राई, लक्ष्मी परियार ,सुगम भट्टराई , गणेश प्रसाद दुलाल , बिमल भारती, पोम बहादुर थापा , टंक बहादुर बि. क, मोतिलाल बुढा मगर निर्वाचित भएका हुन ।
बिधान संशोधन समितिका संयोजक खेमराज सुवेदी रहेका थिए भने नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियता को सपथ निर्वाचन समितिका संयोजक गोबिन्द सुबेदीले खुवाएका थिए ।
"जिफन्ट समुह कतारका अध्यक्ष शेषराज तिमिल्सिनाको सभापतित्वमा , नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) नेपालका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ "जुम भर्चुअल बाट" प्रमुख आथित्यताको आसन ग्रहण गरेका थिए ।
बिशेष अतिथि हरुमा प्रवासी नेपाली मन्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, लगायत विभिन्न बैचारिक सङ्गठन,एनसिसि कतारका दृतिय उपाध्यक्ष केसव कार्की ,जिल्लागत सङ्ग संस्थाका प्रतीनिधि पत्रकार लगायत नेपाली श्रमजिविको पक्षमा साथ रहने विभिन्न ब्याक्तित्व हरु, सामाजिक अभियान्तहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष खेमराज सुबेदीले प्रस्तुत गरेका थिए भने साँगाठनिक प्रतिबेदन - महासचिव नवराज शाहीले गरेका थिए । त्यसैगरि आर्थिक प्रतिबेदन - लोक बहादुर जोगीले प्रस्तुत गरेका थिए।
शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि लगायतका बक्ताहरुले जिफन्ट समूह कतारले प्रवासमा रहेर श्रमजीवीहरुलाई सचेतनामुलक कार्यक्रम गर्नुका साथै मजदुरहरुको लागि आवाज उठाउने, आपत बिपत्तिको समयमा विभिन्न मलम पट्टी लगाउने मजदुरहरुको आवाज बुलन्द गर्ने संस्था रहेको बताए। उक्त कार्यक्रममा विभिन्न समयमा सहयोग गर्ने ब्याक्तित्वलाई कदर पत्रले स- सम्मान गरेको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष तिमिल्सिनाले निमन्त्रणालाई सहर्ष स्वीकार्दै उपस्थित हुनुहुने सम्पुर्ण ब्यक्तित्वहरु र कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए l
औंपाचारिककार्यक्रमको सहजीकरण महासचिव नवराज शाहीले गरेकाथिए।