दोहा, कतार- प्रवास नेपाली सम्पर्क बिभाग दोहा कतार को बिस्तारीत बैठकले मुलुकको बर्तमान राजनीतिक समीकरण मा रास्वपा को सहभागीता लाई मिश्रित प्रतिक्रिया सहित स्वागत गरेको छ ।
भेलामा सहभागीहरु ले रास्वपा सरकार मा सहभागी हुनु सकारात्मक भए पनि समय अलि खराब परेको हो कि भन्ने प्रतिक्रिया राखेका थिए । खेलाडी भैसके पछि सधै बेन्च मा बसेर होइन मैदान मा उत्रन पर्ने भन्दै धेरै ले अहिलेको सहभागिताले रास्वपा अनुभवी हुने र ८४ को चुनाब मा त्यो अनुभवले देश को नेतृत्व गर्ने बताएका थिए ।
कतार को मुन्ताजा पार्क मा बसेको बिस्तारीत भेला ले सरकार मा सहभागी हुनु सकारात्मक भएको भन्दै परिणाम मुखी भएर काम गर्न सुझाब समेत दिएको छ ।
साङ्गठनिक पुनर्संरचना को बिषयमा व्यापक छलफल गर्दै कतार मा पनि प्रि इलेक्सन प्रक्रिया बाटै केन्द्रीय तथा शाखा समिति निर्माण हुने बिषय लाई पारित गरेको छ ।
केन्द्रबाट जारी कार्यबिधि माथी भेलामा सहभागी हरु ले आफ्नो बिचार राखेका थिए । प्रवास मा बसेर दिएको योगदान लाई नेपाल को मुल राजनीति सङ्ग जोड्ने समीकरण वा सेतु निर्माण गर्दै सङ्गठनमा व्यापक जनसहभागिता बढाउन केन्द्र ले देश अनुरुप को कार्यबिधि ल्याउनु पर्ने भेलामा सहभागी हरु ले सुझाब दिएका छन ।
हाल सम्म कतार मा भैरहेका गतिबिधि तथा सङ्गठन बिस्तारमा भैरहेका प्रगतिका बारेमा विभिन्न शाखा समितिका सभापति तथा उपसभापति हरुले आफ्नो धारणा राखेका थिए ।
भेलाले इद पछि को पहिलो शुक्रबार शाखा समिति हरु को पुनर्संरचना गर्ने र केन्द्रको लागि मे महिनाको २४ तारिक प्रस्तावित नया कार्यबिधि अनुरुप बिशेष अधिबेशन गर्ने निर्णय गरेको छ ।
साथै नेपाली क्यालेन्डर को नयाँ बर्षमा प्रवास बिभाग ले शुभकामना आदान प्रदान तथा शुभेच्छुक भेटघाट कार्यक्रम गर्ने भएको छ । इद को छेको पारेर अप्रिल १२ तारिक शुक्रबार का दिन कार्यक्रम आयोजना गर्ने निर्णय भएको बिभागका सभापति अब्दुल करिम मियाले जानकारी दिनु भयो ।