दोहा : कतारमा रहेका दुई कर्णाली प्रदेश संस्था, कर्णाली प्रदेश समन्वय परिषद कतार र कर्णाली प्रदेश सेवा समाज कतार बीच एकता बैठक सम्पन्न भएको छ ।
एनसीसी कतारका दृतीय उपाध्यक्ष केशव कार्कीको समन्वयमा दुबै संस्थाका अध्यक्ष द्वय मोतीलाल बुढामगर र डम्मर बुढा मगर लगायतको उपस्थितिमा मिति ८ मार्च २०२४ तारिकका दिन एकता बैठक सम्पन्न गरिएको हो ।
एकता बैठक पछि तपशिलको कर्णाली प्रदेश समन्वय परिषद कतारको नयाँ कार्यसमिति सर्बसहमति बाट घोषणा गरिएको छ ।
नयाँ कार्यसमिको अध्यक्षमा कर्णाली प्रदेश समन्वय परिषद कतारका पुर्व अध्यक्ष डम्मर ब.बुढा मगर बनेका छ्न भने कर्णाली प्रदेश सेवा समाज कतारका पुर्व अध्यक्ष मोतिलाल बुढा मगर भने (बरिस्ठ उपाध्यक्ष ) रहेका छ्न ।
संस्थाको अन्य कार्यसमितिमा भद्र बहादुर पुन(प्रथम उपाध्यक्ष ), पुर्ण ब. राणा(दृतिय उपाध्यक्ष ) नबराज टमटा(तृतीय उपाध्यक्ष )डम्बर चन्द (उपाध्यक्ष )सुशिला वलि (महिला उपाध्यक्ष )टंक बिस्वकर्मा (युवा उपाध्यक्ष ) सुरेश के.सि (महासचिव ) रुप सिंह रोकाय (सचिब)तिलक सिंह ठकुरि(सह-सचिब) गोपाल बस्नेत (कोषाध्यक्ष )शेर रोकाय (सह-कोषाध्यक्ष )गुलाब लम्साल (युवा संयोजक)मनिसा मल्ल (महिला संयोजक) बन्न सफल भएका छ्न ।
कार्यसमितीको सदस्य पदमा कर्ण ब. वलि, कृष्ण बस्याल "पबि थापा मगर ,किरण शाहि,प्रकाश शेर्पालि,सन्देश शोनि, द्रोणा नौपाने,हिराजन टमटा,राज थापा,नरेन्द्र बस्याल,हमेस जि.सि ,भबिन्द्र बिस्वकर्मा,कर्ण परियार नर ब.वलि निर्दोस बि.सि ,गजेन्द्र घर्ती रहेका छ्न
मनोनीत कार्यसमिति सदस्य हरुमा नसिम खाण,चन्दृका श्रेष्ठ ,शेर ब. खत्री ,प्रकाश घर्ती,भिम ब. बस्नेत, हरिस रावल,दिल ब.डाङ्गि, सपना धामि, दिनेस तिरुवा,दिपा मगर रहेका छन । संस्थाको नाम भने "कर्णाली प्रदेश समन्वय परिषद कतार" नै रहने उल्लेख्य गरिएको छ ।
करिव २ बर्ष पहिले कर्णाली प्रदेश समन्वय परिषद कतार बाट फुटेर मोतीलाल बुढामगरको नेतृत्वमा कर्णाली प्रदेश सेवा समाज कतार स्थापना गरिएको थियो । कतारमा रहेर दुबै संस्थाले सक्रियताका साथ कार्यसम्पादन गरेका थिए ।यद्यपि कर्णाली प्रदेश बासी, कतार स्थित नेपाली समुदाय र एनसीसी कतारले दुबै संस्था एकजुट बनाउन केही समय अगि पहल गरेका थिए ।
दुबै संस्था एकजुटको विषयमा कतार स्थित नेपाली दूतावासका राजदुत नरेश बिक्रम ढकालले समेत एक कार्यक्रममा चासो व्यक्त गरेका थिए ।