दोहा : "खेल खेलौ स्वस्थ बनौं " भन्ने नारालाई आत्मसाथ गरि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको (खेलकुद बिभाग) को आयोजना खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
"इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल फित्र र नेपाली नयाँ वर्ष २०८१ को पावन अवसरमा" सनैया ५२ मा "खुल्ला भलिबल प्रतियोगिता" आयोजना गर्न लागिएको एनसीसी कतारका युवा उपाध्यक्ष तथा खेलकुद व्याबस्थापक सुबास थापाले जानकारी गराए ।
खुल्ला भलिबल प्रतियोगितामा भाग लिन दर्ता शुल्क तीन सय एकाउन्न (३५१ ) कतारि रियल बुझाउनु पर्ने छ ।भने खेल इदको पहिलो दिनबाट सुचारु हुने छ ।
बिजेता टिमलाई निम्न अनुसारको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी गराएको छ । जस अनुसार प्रथम पुरस्कार नगद क.रि ७,०००।- ट्रफि र प्रमाण पत्र,
दोस्रो पुरस्कारः नगद क.रि ३.५००।- ट्रफि र प्रमाण पत्र,
तेस्रो पुरस्कारः नगद क.रि १,५००।- ट्रफि र प्रमाण पत्र रहेको छ । भने टिम दर्ता गर्ने मिति २० मार्च २०२४ देखि ईदको पहिलो दिन बिहान ८ बजे सम्म रहने छ ।
खेलका नियमहरु निम्न अनुसार रहेको जानकारी प्राप्त भएको छ ।
(१) खेल टि टि सिष्टम साथै पोल सिष्टम बाट खेलाईने
२) खेलमा ९ जना खेलाडी र १ टिम मेनेजर गरि १० जना हुनु पर्ने।
३) खेलमा नेपाली खेलाडी देखी बाहेक अन्य देशका खेलाडी खेलाउन पाईने ।
४) खेलमा कुनै बिवाद आएमा आयोजकको निर्णयनै अन्तिम निर्णय हुने ।
५) सेमीफाईनलको खेल देखी १ जना उत्कृष्ट लाई Man of the Match को पुरस्कार दिईने ।
६) खेल समय अबधीमा खेलाडी घाईते वा चोटपटक लागेमा स्वयं आफै जिम्मेवारी हुनु पर्ने ।
७) टिम दर्ता गर्दा सबै खेलाडीको आईडी कार्ड अनिबार्य हुनुपर्ने ।
५) समयको मध्यनजर गर्दै खेल सुचारु हुने समयमा खेलाडी (टिम) अनुपस्थित भए १५ मिनेट थप समय दिईने । सो समयमा पनि उपस्थित नहुने टिम स्वत आउट हुने ।
थप जानकारीको लागि कार्यक्रम संयोजक : रमेश के.सी. ३३३४ ४९७७ ब्यबस्थापकः सुवास थापा ३१४८ २५७३ ।
सम्पर्क ब्यक्तिहरूः सन्तोष ७०९८ ११८०, रोशन ७०६६ ५६४४, सुरज ७७०० ५९८३. सन्तोष ६६४५ ६४०२, सुनिल ३३६२ ०३८१, टंक ३३५६ २८१४. बिष्णु ६६३० ६५७५ लाई सम्पर्क गर्न सक्नुहुने छ ।