दोहा : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी दोहा स्थित नेपाली दूतावासको सभाहलमा मनाइएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाल आदिवासी जनजाति महासंघ, कतारको समन्वयमा कतारमा स्थापित ९१ संघ - संस्थाहरुद्धारा संयुक्त रुपमा २५६८औं बुद्ध जयन्ती मनाएका हुन ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याउनु भएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रूपमा उहाँले जन्म लिनुभएको थियो ।राजकुमारका रूपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो ।
तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याउनुभयो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यसदिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ ।
एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीको स्वागत मन्तव्य नेपाल आदिवासी जनजाती महासंघ बाट हरि महतोको संचालन रहेको कार्यक्रममा दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत विभिन्न व्याक्तित्व हरुले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरले कार्यक्रमको उदेश्य बारेमा प्रष्ट पारेका थिए । त्यसैगरि जीवन योग प्रयोगसाला दोहा कतार बाट रामजि खत्रीले "योग ध्यान " सम्बन्धी बारेमा जानकारि गराए ।
नेपाली दूतावास कतारका महामहिम राजदुत तथा कार्यक्रमका प्रमुख अतिथि नरेश बिक्रम ढकालले मन्तव्य राख्दै बुद्ध सन्देशलाई अनुसरण गर्दै अगाडि बढ्नको लागि प्रेरित हौं भन्ने शुभेच्छा प्रकट गर्दै, बुद्ध धर्म मात्र नभएर एउटा दर्शन जिवन शैली हो भन्ने कुरामा जोड दिए ।
बिदेशी सक्तीकेन्द्रले हाम्रा धर्म सँस्कृतीलाई समय - समयमा आक्रमण गरिरहेको छ, केही समय पहिला ॐ सब्द नै नेपाली सब्द कोषबाट हटाउन लागिएको तर्क पेश गर्दै सबैजना सचेत हुँदै संरक्षण गर्न र बचाउन सबैको कर्तव्य रहेको बताए ।
ढकालले नेपाली श्रमिकहरुको बारेमा बोल्दै, दिनै नेपाली श्रमिकहरु दूतावासमा समस्या लिएर आएपनि उनिहरुको समस्या समाधान गर्न दूतावास कुनै कसुर नराखेको बताउदै आफ्ना महत्त्वपूर्ण शुभकामना भनाइ राखेका थिए ।
एनआरएनए कतारका अध्यक्ष तथा कार्यक्रमका सभापती रमेश भट्टले भगबान गौतम बुद्धको बारेमा विशेष चर्चा गर्दै बुद्ध (भारतमा ) जन्मिएका भ्रमलाई चिर्नुपर्नेमा जोड दिए ।
भट्टले गौतम बुद्धको वाणी व्यावहारिक रूपमा अनुशरण गरी, भाइचाराको भूमिका निर्वाह गर्न आग्रह गर्दै उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा पुजा व्याबस्थापन नेपाल मगर संघ,तमु गुरुङ समाज,नेपाल प्रवासी तामाङ समाज,थारु कल्याणकारी सभा र सेर्पा किदुङ दोहा कतारले गरेका थिए ।