दोहा, : - वैदेशिक रोजगारीको निम्ति कतार आएका किरातीहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली-५०८४ भव्यरुपमा मनाएका छन्।
कतारमा स्थापित दुई किराती संस्थाहरू सुनुवार सेवा समाज र किरात राई यायोक्खा शाखा कतार, किरात मूल समारोह समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष शुभराज सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान सहित किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा किराया शाखा कतारका अध्यक्ष तथा कार्यक्रम उप - संयोजक जिवन राईले प्रकाश पारेका थिए । सुनुवार सेवा समाज बाट मैलीक झाकी प्रस्तुत गरिएको थियो किराया बाट साकेला सिलि प्रस्तुत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघका अध्यक्ष रमेश भट्ट , बैचारिक संस्थाहरु, महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको बाक्लो आतिथ्य रहेको थियो l
कार्यक्रममा प्रमुख अतिथि डिएन मगर लगायत दर्जनभन्दा बढी वक्ताहरूले प्रवास भुमि कतारबाट पनि आफ्नो,धर्म संस्कृती परम्परा जोगाउनु उल्लेखनीय भुमिका खेलेकोमा धन्यवाद प्रकट गरे । विशेष गरेर नेपालको पुर्वी भेग तिर रहेका राई, लिम्बू, सुनुवारले मनाउने साकेला उभौलीले राट्रिय चाडका रुपमा मान्यता पाएसङ्ग अन्तर्राष्ट्रिय समुदाय सम्म पनि प्रचार - प्रसार भएको भन्दै आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो।
कार्यक्रममा संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । ।
जस्मा कलाकारहरु झरना राई, सबिना राई, सीता राई, निरु श्रेष्ठ, विक्रम राई , जीवन राई अकमल सुनुवार, सुनिल तामाङ,ज्योति सुनवार,सुनिता शेर्पा,मिलन राइ,गुना मगर, एकराज राई,जुनु कुमाल,धर्मराज राई, बिमल राई, सन्जु राई,सृष्टि श्रेष्ठ, कमल सुनुवार लगायतका कलाकार हरुले सामुहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए I
औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका संयोजक सभापति शुभराज सुनुवारले गरेको थिए।कार्यक्रमको सहजीकरण लक्ष्मी प्रसाद राईले गरेका थिए ।
किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्य उभौली चाड एक महान चाड हो । जसलाई किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार , लिम्बु समुदायले यक्वा तङ्नाम र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।
दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मान्ने गरिएको छ ।
त्यसै गरि अर्को सिजन मंसिर महिना जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरिएको हो ।
बैशाखे पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भुमी पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाचदै धुम धामकासाथ मनाउने चलन छ ।