दोहा : नवलपरासी सेवा समाज कतारले "अक्षयकोष स्थापना " सम्पन्न गरेको छ । जिल्लाको सरावल गाउँ पालिका वडा नम्बर ३ पिपरामा अबस्थित श्री बालपुरी आधरभूत बिद्यालयमा नेपाली रु.१००००० (अक्षरुपी एक लाख) को अक्षयकोष स्थापना गरेको हो ।
तत्कालीन अध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा मिति ९ फेब्रुअरी २०२४ मा बसेको बैठकद्वारा गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री एबं पोशाक बितरण गरी पठन पाठनमा हौसला दिने उद्देश्यले "अक्षयकोष स्थापना" गर्ने भनी गरिएको निर्णयलाई दुर्गा हमालको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले कार्यन्वयन गरेको हो ।
आज मिती २७ मे २०२४ को दिन अभिभावक तथा समन्वयकर्ता राम प्रसाद पन्थी र हाल नेपालमा रहेका संस्थाका सह - कोषाध्यक्ष कृष्ण बहादुर घिमिरे क्षेत्रीको उपस्थितिमा बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुमार चौधरी र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बसिर मुसलमान र उपस्थित ब्यबस्थापन समितीका सदस्यहरु एबम शिक्षक शिक्षिकाहरुको माझ एक लाख रुपैयाको चेक हस्तान्तरण तथा दुई पक्ष बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
समाजले यशअगि जिल्लाको ३ वटा सामुदायिक माध्यमिक बिद्यालय र एक सामुदायिक अस्पताल दिपक मावी सुस्ता, भगवती मावी सुनवल, राष्ट्रिय मावि बर्दघाट र सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा एक - एक लाखको अक्षय स्थापना गरिसकेको छ ।
यो पवित्र कार्य सम्पन्न गर्न आफ्नो अमुल्य समय प्रदान गरी अतुलनीय साथ सहयोग गर्ने अभिभावक राम प्रसाद पन्थी बुवा लगायतलाई समाजको तर्फबाट आभार प्रकट गरिएको जनाइएको छ ।
संस्थाको अध्यक्ष एबम कार्यसमितिका पदाधिकारि सदस्यहरु, संरक्षक समितिको संयोजक, संरक्षक सदस्यहरु, प्रमुख एवंम सल्लाहकारहरु,बचत कोषका सदस्यहरु एबम नवलपरासीबासी दाजुभाइ र दिदीबहिनीहरु सबैजनाप्रति हार्दिक आभार सहित बधाई र शुभकामना ब्यक्त गरिएको समाजका अध्यक्ष दुर्गा हमाल ठकुरी बताउन्छन ।
"आपसी सहयोग सद्भाव र एकता ! सामाजिक सेवामा हाम्रो प्रतिबद्धता !!" भन्ने उद्देश्यलाई आत्मसाथ गर्दै सन : २०१८ मा स्थापना भएको समाजले नेपाली श्रमजिवि हरुको हक हितको लागि उल्लेखनीय कार्य गर्दै आएको छ ।