दोहा : नुवाकोट सेवा समाज कतारको आठौं अधिबेशन सम्पन्न भएको छ
सेन्चुरी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको आठौं अधिबेशनबाट दिपेन्द्र घले लामा पुन : अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन ।
समाजको अन्य कार्यसमितीहरुमा बरिस्ठ उपाध्यक्ष : हिरे तामाङ,उपाध्यक्ष : उत्तम भट्ट, उपाध्यक्ष: बुद्धिमान तामाङ , महिला उपाध्यक्ष : मिरा तामाङ, महासचिव : विकास लामा, सचिव : शंकर पाैडेल, सचिव : शुन्दर भट्ट, महिला सचिव : राधिका घले अधिकारी, काेषाध्यक्ष : दिनेश राज अधिकारी र सह-काेषाध्यक्ष : प्रेम तामाङ रहेका छन ।
कार्यसमितिको अन्य सदस्यहरुमा बिबराम तामाङ,सुब बहादुर तामाङ, मन माया तामाङ , मुनाल तामाङ, रमेश के.शी, दिल माया तामाङ, यमुना राई मुस्कान गुरुङ , राम प्रसाद वाग्ले रहेका छन । निर्वाचित नयाँ कार्यसमितीलाई निर्वाचन कमिटीका संयोजक बिष्णु भन्डारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
समाजका अध्यक्ष दिपेन्द्र घलेको सभापतित्वमा, गैर आवसिय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा संस्थाका संरक्षक हरिराम खड्का, प्रमुख सल्लाहकार बिष्णु भन्डारी, बाग्मती प्रदेशका अध्यक्ष ललित तामाङ लगायतका ब्याक्तित्वको उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्नेक्रममा प्रमुख अतिथि भट्टले समाजलाई कसरी बलियो,एकाबद्दता तथा परिणाममुखी बनाउन पर्छ भन्नेकुरालाई नयाँ कार्यसमितिले ध्यान दिनुपर्ने बताए । समाजले गृह जिल्लालाई एम्बुलेन्स लगायत,थुप्रै आर्थिक सामाजिक कार्यहरु गरिरहेको आफुले नजिक बाट नियालि रहेको बताए ।
भट्टले सामाजिक सुरक्षाकोष,श्रम स्वीकृति नवीकरण लगायत श्रमिक र श्रमिकका परिवारले पाउने राहत बिषय सहितका समसामायिक विषयमा आफ्ना धारण राखेका थिए ।
कार्यक्रममा उपस्थिति कलाकार द्वारा नुवाकोटमा प्रचलित म्हेन्दोमाया, लगायतका विभिन्न गीत सङ्गितको माध्यम बाट मनोरञ्जन गराए । साथै पुरानो कार्यसमिती लाई सम्मान पत्र प्रदान गरिएको थियो ।
संस्थाका सचिव शंकर पौडेलको स्वागत मन्तव्य,महासचिव विकास लामा तामाङले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति दिपेन्द्र घले ले आफ्नो कार्यकालमा "नुवाकोट साङ्गितिक" साँझ लगायत प्रदेश तथा गृह जिल्लामा थुप्रै आर्थिक तथा सामाजीक कार्यहरु गरिरहेको जानकारी गराए । साथै लामाले कार्यक्रममा उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।