दोहा, कतार: गजलका पिता भनेर चिनिने मोतिराम भट्टको १५९ औं जन्म जयन्ती समारोह दोहामा विशेष गजल वाचन कार्यक्रम गरि मनाइएको छ ।
अनेसास नवोदित साहित्यिक वाचनालयले आफ्नो गौरवमय १५० औँ शृङ्खला र सन्ध्याग्रुप अल्खोरले ९९ औँ शृङ्खलाको वाचन डबली आयोजना गरी साहित्यिक उत्सव एकैसाथ मनाएका हुन ।
मोतिराम भट्टको फोटोमा माल्यापर्ण गरि औपचारिक रुपमा अगाडि बढेको कार्यक्रममा अनेसास कतारका अध्यक्ष लेख कार्कीले मोतिराम भट्टको बारेमा जानकारी गराए । विशिष्ट श्रोताको रुपमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठ रहेका थिए ।
यस विशेष अवसरमा १५९ औँ मोतीजयन्ती समारोह मनाउँदै पाँच जना कतारमा कार्यरत उत्कृष्ट गजलकारका रचना वाचन गरिएको थियो। जसमा राम अधिन,निर्दोष,डिल्लिराम,सोम र रफि मिया रहेका थिए ।।
गत ६ सेप्टेम्बरमा आयोजित यस कार्यक्रममा उपस्थित सबैलाई नवोदित साहित्यिक वाचनालय परिवारले धन्यवाद ज्ञापन गरेको थियो !
विशेष गरी विशिष्ट अतिथि र सम्पूर्ण उपस्थितहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै विभिन्न क्षेत्रबाट प्राप्त शुभकामनाका लागि अग्रजहरूलाई आभार व्यक्त गरिएको थियो।।
मोतीजयन्तीको अवसरमा आयोजित यस कार्यक्रमले नेपाली गजल साहित्यलाई विशेष प्राथमिकता दिएको थियो। पाँच जना उत्कृष्ट गजलकारका रचनाहरू वाचन गर्दै गजल साहित्यको सुन्दरतालाई उजागर गरिएको थियो। यसले नेपाली गजल साहित्यप्रतिको माया र सम्मानलाई प्रकट गरेको छ।
अनेसास नवोदित साहित्यिक वाचनालय र सन्ध्या ग्रुप अलखोरले आयोजना गरेको यो कार्यक्रमले कतारमा नेपाली साहित्यको विकासका लागि एउटा नयाँ अध्याय थपेको छ । यसले साहित्यप्रेमीहरूलाई एकै थलोमा ल्याई साहित्यिक चेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ ।