रामएकवाल राम
दोहा- महोत्तरी सेवा समाज कतार संस्थाले आफ्नो तेस्रो वार्षिक उत्सव तथा नेपालीहरुको चाडवाड बडा दशै, दिवाली छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम धुमधामका साथ मनाएको छ।
महोत्तरी बासीहरुको चाहना सभ्य समृद्ध समाजको स्थापना भन्ने मुल नाराको साथ कतारमा सन २०७८ मा स्थापना भएको समाजले आफ्नो तेस्रो वार्षिक उत्सव साथै शुभकामना अदान प्रदान कार्यक्रम धुमधामको साथ मनाएको हो।
संस्थाको अध्यक्ष राम हृदय साहको सभापतित्वमा तथा नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एव संघीय संसद माननीय नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यता, मन्त्री साहको कानुनी सल्लाहकार दिपेन्द्र झाको विशिष्ट आतिथ्यता तथा कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख , प्रतिनिधि, पत्रकार कालाकारहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो।
मंगलबार सनैयाको फुलबारी रेस्टुरेन्टको सभाहलमा बेलुकी विधिवत रुपमा सुरुवात गरेको कार्यक्रमलाई महोत्तरी सेवा समाज कतारको उपाध्यक्ष विजय कुमार राउतले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रमको प्रमुख अतिथि मन्त्री सुडीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन।महोत्तरी सेवा समाज कतारको तेस्रो वार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिँदै उनले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताएका हुन।
मन्त्री सुडीले कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।
आयोजक संस्था महोत्तरी सेवा समाज कतार ,मधेशी एकता समाजका अध्यक्ष शिव कुमार महतो, सिरहा सेवा समाजका कार्यवाहक अध्यक्ष जय प्रकाश यादव लगायत विभिन्न संघ संस्थाले मन्त्री सुडी र उनको कानुनी सल्लाहकार झालाई प्रसंशा पत्रले सम्मान गरेको थियो।
कार्यक्रम उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै सभापति साहले समापन गरे ।समाजका महासचिव बिरेन्द्र पासवानले कार्यक्रमको सहजीकरण गरेको थियो।