दोहा : "लुम्बिनी प्रदेश समन्वय परिषद कतारको सातौं स्थापना दिवस तथा तथा विशेष परिषद भेला सम्पन्न गरिएको छ ।
"भेलाले गत १९ अप्रिल २०२४ का दिन सम्पन्न गरिएको दोस्रो अधिबेशन बाट निर्वाचित भएका कार्यसमितिका उपाध्यक्ष रहेका सजन लौडरि लाई अध्यक्षमा अनुमोदन गरिएयोस भन्ने प्रस्ताव लाई उपस्थिति सम्पुर्णले तालीले स्वागत गरेका थिए ।
"दोस्रो अधिबेशन बाट निर्वाचित भएका अध्यक्ष डिल्लीराम भट्टराई लामो समय देखी कतार बाहिर रहेका हुँदा संस्था प्रभावकारी बनाउन समस्या देखिएको थियो । सोही कुरालाई मध्यनजर गर्दै अध्यक्ष भट्टराले केही समय अगाडि राजीनामा पेश गरेका थिए ।लगभग ६ महिना बढी समय कार्यवाहकको अध्यक्षको जिम्मेवारी लौडरिले सम्हाल्दै आएका थिए । अन्य कार्यसमिति भने यथावत नै रहेका छ्न ।
संस्थाका कार्यवाहक अध्यक्ष सजन लौडरिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणि गुराँगाई रहेका थिए ।
कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय केबी हमाल इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे लगायत संस्थाका सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा बौद्धिक ब्यक्तित्वहरु लगायत परिषद सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
औपचारिक रुपमा उट्घाटन गरिएको कार्यक्रममा २० औं स्थापना दिवसको अवसरमा केक काटिएको थियो ।
कार्यक्रम सह - संयोजक बिबस बेल्बासेले स्वागत मन्तव्य पस्किएका थिए । कोषाध्यक्ष बिस्वनाथ भट्टराईले संस्थाको आयब्याय सार्बजनिक गर्दै टोटल आय रकम १६०४५ सोह्र हजार पैचालिस, र खर्च रकम "तेह्र हजार चारसय छ्यान्ब्बे" १३४९६ र बाकी मौज्दात रकम "पच्चीससय उन्पचास" रहेको जानकारी गराए । त्यस्तै महासचिव देवराज पुन ले प्रगति प्रतिबेदन प्रस्तुत गरे ।
कार्यक्रममा कलाकार हरु शान्ती ओलि र कोसेली रोक्का मगरले साङ्गीतिक प्रस्तुति पस्किएका थिए । साथै संस्था स्थापना गर्ने सम्पुर्ण अग्रज हरुलाई सम्मान - पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
मन्तव्यको क्रममा उपस्थिति अतिथि हरुले लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आर्थिक,नैतिक,भौतिक, सैक्षीक लगायत थुप्रै कार्यहरु गर्न सफल रहेको जानकारी गराए । आफूहरुले "प्रगति प्रतिबेदन´ बाटै संस्थाको गतिविधि बारे धेरै जानकारी लिन सहज रहेको साथै, जिल्ला बासी बिच एकता भाइचारको सम्बन्ध मजबुत बनाउदै यहाँ रहेका नेपाली श्रमिकहरुको आवाज बुलन्द पार्नुपर्नेमा जोड दिए
प्रमुख अतिथि गुराँगाईले संस्था स्थापनाकाल देखी नै आफुले सबै गतिविधिहरु नजिक बाट नियाली रहेको बताए । प्रवासमा नेपाली समाजमा देखिएका बिकृती बिसङ्गती सहित, प्रवासमा गठन गरिएका संस्थाका बारेमा टिप्पणी गरे । देशमा संघीयता आएपछि कतारमा रहेका सबै जिल्ला संस्थालाई व्याबस्थित गर्न प्रदेश संस्थाहरु खोलिएको जानकारी गराए ।
तर्क,बिचार, समस्या आ- आफ्ना ठाउॅंमा समय सान्दर्भिक र तार्किक होलान तर संस्थागत निर्णयहरु विधान अनुरुप हुने बताए ।
"लुम्बिनी प्रदेश धार्मिक सम्प्रदायले धनी, पर्यटनको प्रचुर सम्भावना समेत रहेको हुँदा यहाँबाट प्रत्यक्ष लाभ लिन सकिने कुरामा जोड दिए । उन्ले जिल्ला अन्तर्गत हुने कार्यक्रम हरु नजुधाइकन गर्न आग्रह गर्दै सामाजिक कार्यहरु गर्दा एकरुपता हुँदै अगाडि बढ्न सुझाव पस्किदै मनोनीत अध्यक्ष लौडरि लाई बधाई सहित शुभकामना पस्किए ।

सभापति सजन लौडरिले विशेष परिषद भेलाले आफुलाइ कार्यवाहक अध्यक्ष बाट कार्यकारी अध्यक्षमा मनोनीत गरि बिश्वास गर्ने सम्पुर्णमा आभार प्रकट गरे ।
आफ्नो गक्षले भ्याएसम्म कुनैपनि तरिकाले संस्था कमजोरि हुन नदिने बिश्वास दिलाए ।
आफ्नो कार्यकाल भित्र लुम्बिनी प्रदेश भित्र पर्ने दुर्गम क्षेत्रका "प्राथमिक बिद्यालयमा" अक्षकोष स्थापना गरि अगाडि बढ्ने महतत्व पुर्ण योजना रहेको जानकारी गराए ।
कार्यक्रममा उपस्थिति सम्पुर्ण सल्लाहकार हरु, परिषद सदस्यहरु लगायत उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने सम्पुर्ण प्रति आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सहजीकरण महासचिव देवराज पुन ले गरेका थिए । भने संयोजक उपाध्यक्ष टेकराज थापा रहेका थिए ।
हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ् सन : २०१८ मा लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा कतारमा स्थापित लुम्बिनी प्रदेश कतारमा हाल सम्म २०६ जना परिषद सदस्यहरु रहेका छ्न ।