दोहा : नेपाल मगर संघ, शाखा कतारको आयोजनामा मगरहरूको राष्ट्रिय प्रमुख सांस्कृतिक पर्व" माघ्या सकराटी" (मिनाम सार ल्हेस) ५०१८ भव्य रूपमा मनाइएको छ ।
शुक्रबार कतारको ईन्डियन आईडियल स्कुलको सभाहलमा ´आफ्नै मौलिक भेषभुषामा सजिएका हजारौं मगर सहित विभिन्न जात-जातीका युवा युवती हरुले रमाइलो गर्न कुनै कसुर बाकी राखेनन ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेकी अतिथि कलाकार सम्झना लामिछाने मगरले चम्फा चमेली गित गाउदै स्टेजमा निस्किन, हलको माहोल नै सङ्गीत मय बन्यो । दर्शकको हुटिङ सहित वान्स मोरका सब्द गुन्जीरहे ।
गायिका मगरले करिव १ दर्जन गीतमा प्रस्तुति दिइन जस्मा कौडा गित रुमाल धोएर घरमा पराल, देउना रुमाल बैना, फुल फुलेर पहेलै भयो , यसै त डल्ली जस्ता प्रस्तुतिमा हलमा उपस्थित दर्शकले भरपुर्ण मनोरञ्जन लिए । गायिका दुई चरण गरि स्टेजमा प्रस्तुति दिएकि थिइन
संघका अध्यक्ष रेसम आले मगरको अध्यक्षता र नेपाल आदिबासी जनजाती महासंग कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यता रहेको कार्यक्रममा एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्ट,लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख हरुको उपस्थिति रहेको थियो ।
त्यस्तै अन्य कलाकार हरु रेश्मा सेन्चुरि, शिवराम ढकाल,शान्ति ओलि, शुरेश बिसी लगायत आयोजक मगर संघका कलाकार हरुको उत्कृष्ट साङ्गितिक प्रस्तुति रहेको थियो ।
नेपाल मगर साँस्कृतिक परिवारमा आवद्ध रहेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमका सभापति, प्रमुख अतिथी, पुर्व अध्यक्ष, तथा बिशिष्ट अतिथीहरुलाई खादा र फेटाद्धारा सम्मान गरिएको थियो।
कार्यक्रम संयोजक कुमार राहादी मगरले कार्यक्रमको बारेमा प्रष्ट पारे । बृहत् साँस्कृतिक कार्यक्रममा सघंको मातहतमा रहेका साँस्कृतिक, एरिया बिभाग तथा समितिमा रहेका कलाकारहरुले सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा अन्य संस्कृति झल्काउने एकल तथा सामुहिक नृत्य पस्केका थिए ।
जनजाती समुदायको परम्परा अनुसार संघलाई नेपाल आदिवासी जनजाती महासंघमा आवद्ध रहेका विभिन्न मातृसंस्थाहरुले एक अर्कामा सदभाव प्रकट गर्दै नेपाल मगर संघ शाखा कतारलाई सगुन स्वरुप (कोशेली) उपहार प्रदानगरेका थिए । कार्यक्रमलाई विभिन्न कोणबाट सहयोग गरेका प्रायोजकहरु कलाकारहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायत कतारमा स्थापित थुप्रै संघ संस्थाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मगरले आफनो मन्तव्य राख्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड "माध्या सकराटी" बिगतका बर्षहरुमा भन्दा यो बर्ष अति नै भब्य बनेको आफुले महशुस गरेको बताए । बिश्वको जुनसुकै देशमा गएपनि आफ्नो धर्म सस्कृतीलाई संरक्षण प्रबर्द्धन गर्नुपर्नेमा प्रमुख अतिथि मगरले आफ्नो राय ब्यक्त गरे ।
संघकी उपाध्यक्ष देवी कुमारी मगरले स्वागत मन्तव्य, महिला बिभागकी सचिव रबिना मगर र संघका महासचिव समीर थापा मगरले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति आले मगरले कार्यक्रमलाई भब्यता साथ सम्पन्न गर्न साथ सहयोग गर्नुहुने सबैलाई कृतज्ञत प्रकट गरे । कार्यक्रमको अन्त्यसम्म पनि दर्शकहरुले भरपुर्ण साथ दिएका थिए ।
नेपाल मगर सघं शाखा कतारले मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी" लगायतका चाड बाड हरेक बर्ष धुमधामका साथ मनाउदै आईरहेको छ ।