दोहा : वैदेशिक रोजगारीको शिलसिलामा, कतार प्रवासमा आइ आफ्नो धर्म संस्कार संस्कृती संरक्षण गर्नको लागि स्थापना गरिएको "कोच प्रवासी समाज कतारले,आठौँ राष्ट्रिय `भक्का दिवस`भब्यरुपमा मनाएको छ ।
गत जनवरी १७ तारिख शुक्रबार ग्राण्डमल स्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा समाजका अध्यक्ष भुवन राजबंशीको सभापतित्वमा, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।
त्यसैगरि समाजका प्रमुख संरक्षक चानीलाल राजबंशी, प्रमुख सल्लाहकार सुनिल राजबंशी, सामाजिक अभियन्ता सागर नेपाल,प्रभात त्रिपाठी,सामाजिक अभियन्ता बिमल भारती, झापा एफ.सी का अध्यक्ष अर्पण खड्का, अर्जुनधारा सेवा समाज कतारका पुर्व अध्यक्ष गणेश प्रसाद दुलाल, भागडुबबा प्रवासी समाज कतारका संरक्षक लोक थापा सहितको आथित्यता रहेको थियो ।
२०० जना भन्दा माथी उपस्थित कार्यक्रममा राजबंशी समुदायका विभिन्न परिकार सहित भ"क्काको स्वादमा कार्यक्रमका प्रमुख अतिथि बाट ब्यानर अनावरण गरेर उद्घाटन गरिएको थियो । संस्थाका उपाध्यक्ष लोकनाथ राजबंशीले उपस्थित सबैलाई स्वागत गरे । कलाकार बिनिता राजबंशीको स्वागत नृत्य पेश गरिन ।
संरक्षक चानीलाल राजबंशीले नेपालका भुमिपुत्र राजबंशी जातीहरु पुर्व झापा, मोरङ,सुनसरी र अलि अलि उदयपुर जिल्लामा बसोबास रहेको र यो पर्वलाई नेपालको संविधान २०७४ साल बाट राष्ट्रिय पर्वको रुपमा सुचिकृत गरिएको बताए ।
आज आठौँ बर्षमा प्रवेश गरेको र यसलाई प्रत्येक बर्ष पौष २९गते राष्ट्रिय भक्का दिवस मनाउने चलन रहेको राजबंशीले जानकारी गराए
कार्यक्रममा आफ्नो भेषभुषामा सजिएर आएका कलाकारहरुले आफ्नो मौलिक परम्पराको नृत्य रहेको कार्यक्रममा किरण राजबंशी, बिनिता राजबंशी र अन्य राजबंशी कलाकारहरुको बिजोड नृत्य सहित गायक लोकनाथ राजबंशी, धने राजबंशी र सुरेश राजबंशीले सुमधुर राजबंशी र हाँस्य कलाकार यमलाल राजबंशी र टेक बहादुर राजबंशीले उपस्थिति सम्पुर्ण दर्शकलाई भरपुरपुर्ण मनोरञ्जन दिए ।
कार्यक्रमा आमन्त्रित अतिथिहरु गणेश प्रसाद दुलाल, लोक थापा, अर्पण खड्का, सागर नेपाल र प्रभात त्रिपाठीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमा सामाजिक अभियन्ता सागर नेपालले भक्का दिवसको शुभकामना दिदै राजबंशी समुदायको भक्का कस्तो हुन्छ भनेर आफुलाई जान्न र बुझ्न अनि भक्का कस्तो हुन्छ भनेर हेर्न मन लागेको र खादा नौलो अनि स्वस्थ परिकार रहेको चर्चा गरे ।
त्यसैगरि अभियान्ता प्रभात त्रिपाठीले आफु कास्की जिल्ला बासी भएको र यस्तो कार्यक्रममा राजबंशी परिकारहरु पहिलो चोटी अनुभव गरिएको बताउदै शुभकामनामा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि चुडामणी कार्कीले आफुले २७ बर्ष पछि यस्तो कार्यक्रममा उपस्थित जनाउन पाउँदा एकदमै खुशी लागेको र भक्का सानै देखि खाएको हुनाले आज फेरी दोहामा पनि भक्का दिवस कार्यक्रममा आउन पाउँदा र भक्का खादा पहिलाको याद आएको र भारतको गोवा र ईन्डोनेसियामा रहेको वाली मन्दिर वरपर पनि आफुले यस्तै भेषभुषामा रहेर मनाएको स्मरण गरे ।
आगामी दिनमा यस्ता कार्यक्रमहरु अन्य समुदायलाई पनि जोडर कार्यक्रम गर्न सकेको खण्डमा राजबंशी समुदायको यो पर्व अझ व्यापक बन्ने साथै सम्पुर्ण नेपाली लाई जानकारि हुने बताउदै आगामी दिनमा यस्ता कार्यक्रम गर्न आफ्नो तर्फबाट सबै खाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे
कार्यक्रको सहजीकरण हरि राजबंशीले गरेका थिए । साथै उपस्थित राजबंशी दाजुभाई तथा दिदीबहिनीहरु लाई र प्रमुख अतिथि, बिशेष अतिथिज्युहरुलाई कार्यक्रमा सभापति तथा कोच प्रवासी सम समाज दोहा कतारका अध्यक्षज्युले धन्यबाद ज्ञापन कार्यक्रमको समापन गरेका थिए ।