दोहा : कतारमा रहेका प्रतिभावान गायन तथा नृत्य क्षेत्रका उत्कृष्ट कलाकार हरुको पहिचान गर्नको लागी सर्वाधिक पुरस्कार राशिको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अडिसन, पहिलो पटक कतारमा हुने भएको छ ।
इन्ट्रा - नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फेब्रुअरी २१ तारिक सनैया नजिक रहेको अल डल्ला ड्राइभिङ स्कुलको हलमा हुने अडिसनका बारेमा कतारमा रहेका बिभिन्न संघ संस्था प्रमुख तथा पत्रकारहरु संग “मिट एंड ग्रिट “ कार्यक्रमको आयोजना गरि जानकारी गराइएको हो ।
यस रियालिटी शोको मुख्य उद्देश्य नेपाली जातिका बीच सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउने, नेपाली कला र संस्कृतिलाई विश्वभर चिनाउने, र नेपालीभाषी प्रतिभाहरूलाई आफ्नै संस्कृति र पहिचानमा गर्व गर्न प्रेरित गर्ने,कला संस्कृतीलाई आउदो पुस्तालाई हस्तान्तरण गर्ने, नेपाली भाषी बीच आत्मियतालाई प्रगाढ बनाउने लगायतका विषयमा कार्यक्रमका सभापति चुडामणि भट्टराईले अनलाइन (जुम ) मार्फत जानकारि गराए ।
जनवरि २५ - २६ तारिकबाट अमेरिका देखी सुरु गरेको "अडिसन" बिस्वका ११ देश -सहित नेपालका बिभिन्न १५ ठाउँबाट अडिसन सुरु गर्ने बताए ।
विश्वभरिबाट स्थलगत अडिसनबाट छनोट भएका प्रस्तिष्पर्धिका लागि काठमान्डौ लगिने जानकारी गराए । बिदेशबाट छानिएर आउने प्रस्तिष्पर्धिको यातायात लगायतका खर्च आयोजकले नै बेहोर्ने जानकारी गराए ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारिको सपना, ठ्म्माइ लाई मुर्तरुप दिनपनि यो अभियान चालिएको भट्टराईले जिकिर छ ।
भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ घोषणा सङ्गै त्यसको अडिसन विश्वका विभिन्न मुलुकहरुमा शुरुवातको क्रममा रहेको समेत आयोजकले जानकारी गराए ।
सन् २०२३ मा यी दुबै रियालिटी शोहरूको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो। यी दुबै शोका लागि हालसम्मकै सर्वाधिक पुरस्कार राशी "एक करोड:" रुपैयाँ घोषणा गरिएको छ । दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँँ पुरस्कार बितरण गरिने छ ।
नेपाली साँस्कृतिक अभियानलाई एकबद्दता बनाउने फाउन्डेसनको योजना अत्यन्तै सकारात्मक रहेको हुँदा एनआरएनए कतारले सधै साथ सहयोग समन्वय राखी अगाडि बढ्ने एनआरएन ए कतारका उपाध्यक्ष तथा प्रमुख अतिथि कृष्ण पन्थीले जानकारी गराए ।
कार्यक्रम सहभागी हुन १८ वर्ष उमेर पुगेको हुनुपर्छ। भने सहभागीता को लागि पूर्णतः निःशुल्क गरिएको छ ।
अडिसनका लागि राष्ट्रियस्तरका कलाकारहरू जजका रूपमा २ जना कतार आउने जानकारी गराइयो ।
मिडिया कतार संयोजक तिलु शर्मा पौडेलले कार्यक्रम सफल पार्न पत्रकार हरुको "जिम्मेवारी सहितको" मन्तव्य राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष दिल श्रेष्ठ सहित कतारमा स्थापित विभिन्न संघ सङ्गठन का प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सहजीकरण फाउन्डेसन कतारका संयोजक तथा नेपाल लोकदोहोरो प्रतिस्ठान कतारका अध्यक्ष शिवराम ढकालले गरेका थिए ।
निर्णायकहरू (जजहरू)
मेरो भ्वाइस युनिभर्स सिजन २ का लागि: बरिष्ठ गायक दीप श्रेष्ठ, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त, तृष्णा गुरुंग र संगीतकार सुरेश अधिकारि ।
मेरो डान्स युनिभर्स सिजन २ का लागि: बरिष्ठ कलाकार मिथिला शर्मा, चर्चित अभिनेत्री शिल्पा मास्के,अभिनेता दिलीप रायमाझी, कोरियोग्राफरहरू शंकर विसी, कविराज गहतराज र किरण थापा ।
निर्देशन
मेरो भ्वाइस युनिभर्स सिजन २ लाई विशाल भण्डारीले निर्देशन गर्नुहुनेछ भने मेरो डान्स युनिभर्स सिजन २ लाई मोसमी गुरुङले निर्देशन रहने छ ।
प्रस्तोता हरु
दुबै शोहरूका लागि चर्चित कार्यक्रम प्रस्तोतामा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रताश्रेष्ठ रहेका छ्न ।