दोहा : पर्वत समाज कतारको आयोजनामा आन्तरिक वनभोज तथा भेटघाट कार्यक्रम गत शुक्रबार सम्पन गरिएको छ ।
तीन सयभन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा बोल्दै समाजका संरक्षक छविलाल भट्टराईले समाजले गरेको कार्यक्रमले पर्वतेलीहरू बिचको आत्मियता बढाउन सहयोग गरेको बताए ।
भट्टराईले अन्य संघ, सस्था र समाजहरूसंग समेत मित्रता र परिचय गर्न गराउन कार्यक्रमले सहयोग गरेको भन्दै समाजको उन्नति र प्रगतिको कामना गरे ।
कार्यक्रममा सम्पूर्ण सहभागीको तर्फबाट बोल्दै समाजसेवी होमनाथ शर्माले "पर्वत समाजले लामो समयदखी आफुलाई अब्बल सावित गर्दै काम गरिरहेको बताए ।
समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति ओम बहादुर क्षत्री (सन्तोष) ले आपसी भद्भाव, सदासयता कायम गर्दै कतारमा स्थापित अन्य संघ संस्थाहरुसँग समेत मित्रावत सम्बन्ध स्थिापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।
आफुहरु भर्खरमात्र समाजमा निर्वाचित भएको आएको बताउँदै क्षेत्रीले सल्लाह सुझाव र गुनासा समेत बुझन्को लागि कार्यक्रमको आयोजना गरिएको भन्दै उपस्थिति तथा कार्यक्रम सफल पार्ने सम्पुर्ण प्रती आभार प्रकट गरे ।
औपचारिक कार्यक्रमको स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष टिकाराम भुसालले र सञ्चालन सचिव सेवक विकले गरेका थि । साँस्कृतिक कार्यक्रमको सन्चाल्न सह सचिव कृस्ण दर्लामीले गरेका थिए ।
कतारमा रहेका पर्वतेलीहरुका विचमा आयोजना गरिएको कार्यक्रममा उपस्थितिलाई परियार मित्रता समाज कतारको पञ्चेवाजा समुहले छमछमी नचाएका थिए ।
सो अवसरमा कतार फेन्सिङ फेडेरेसनको आयोजनामा कतारमा जारी ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगीतामा सहभागी हुन आएका खेलाडी द्व्य भीष्मराज दाहाल र सागर थापा लाई खादा लगाई सम्मान गरिएको थियो ।