दोहा : कोशी प्रदेश समन्वय परिषद कतारको संयोजनमा तपसिल, कतारका जिल्ला संस्था हरुको संयुक्त रुपमा आयोजित winter out door festival कार्यक्रम (२०२५) नेपालबाट आमन्त्रीत अतिथी कलाकार लोकप्रिय गायिका श्रीयासि चेम्जोङ लिम्बुको साथमा मनाइने भएको छ ।
हरेकबर्ष आयोजना गरिदै आएको "winter outdoor festival २०२५ " कार्यक्रम लागि लोकप्रिय गायिका श्रेयसी सङ्गै गैर-आवासिय नेपाली तारा कतार-२०२३ का बिजेता द्वय गायन तर्फ रुस्तम तामाङ र नृत्य तर्फ निरु श्रेष्ठ सहित कतारका नेपाली कलाकारहरु सहितको वेजोड प्रस्तुति रहने परिषद् कतारका महासचिव पदम सिंखडाले मुग्लानी खबरलाई जानकारी गराए ।
आउँदो १४ फेब्रुअरी २०२५ शुक्रवार, अल दोसरी जु सहानियामा बिहान ०९ बजे देखि औपचारिक रुपमा सुरु गरिने कार्यक्रमको तयारी तीब्र पारिएको परिषदका अध्यक्ष पदम घिमिरेले जानकारी गराए ।
नेपाली संगीताकाशमा पूर्वेली नक्षत्र भनेर चिनिने गायिका लिम्बुको साङ्गितिक यात्रा आठ वर्षको उमेरमानै पहिलो गीत रेकर्ड भएको थियो। मलाई तिम्रो सम्झनाले,' 'म तिम्रो हुँला नहुँला,' 'हाँसी हाँसी मायाले जहर पिलायो,' 'पराइको काखमा रमाउ,' 'कैयौं प्यासी रातहरुले' जस्ता जीवन्त गजल र गीतहरु गाएकी श्रेयसीले 'श्रीमान' 'मेरो राजेश दाइ', 'तिम्रो कसम' र 'कुईनेटा' चलचित्रका लागि पनि आफ्नो आवाज दिएकी छन् ।
चारसय गीतमा स्वर भरिसकेकी श्रेयसीले साइन, संपदा-१, संपदा-२ जस्ता एकल गीति संग्रहहरु नेपाली संगीतलाई दिइसकेकी छिन् । कार्यक्रमको संंयोजक रुद्र आचार्य रहेका छ्न ।
कार्यक्रम बारे थप जानकारी सहित टिकट उपलब्धको लागि निम्न व्याक्तीत्वलाई सम्पर्क गर्न सकिने छ ।
१)पदम घिमिरे अध्यक्ष कोशी प्रदेश ( 55038959 )
२) रुद्र आचार्य कार्यक्रम संयोजक ( 30486150)
३) पदम प्र सिम्खडा महासचिव कोशी प्रदेश (33238907)
४) महेन्द्र उप्रेती कोषाध्यक्ष कोशी प्रदेश 55614568
५) डिल्ली सेर खड्का अध्यक्ष खोटाङ सेवा समाज (66766535)
६) भिम बरायली अध्यक्ष मोरङसुनसरी सेवा समाज कतार 70575005
७ ) तिल बिक्रम मगर अध्यक्ष (71203147) डिल्ली कुमार सुबेदि ( 55837970) सल्लाहकार
धनकुटा सेवा समाज कतार
८ केशव कार्की अध्यक्ष झापाली समाज कतार ( 55826577)
९) पदम श्रेष्ठ का वा अध्यक्ष ओखलढुंगा सेवा समाज कतार ( 55108848)
१०) सन्तोष खड्का तेह्रथुम सेवा समाज कतार ( 70759335)
११) कमल वाग्ले अध्यक्ष उदयपुर प्रवासी सेवा समाज दोहा कतार ( 50512874)
१२) महेन्द्र कार्की अध्यक्ष भोजपुर सेवा समाज कतार (33546255)
१३) बिरेन मादेन लिम्बु का वा अध्यक्ष संखुवासभा समाज कतार (31628316)