दोहा : नेपाल प्रवाशी सन्थाली राहत कोष झा.मो.सु. एवम् नेपाल बुरु झार्ना सन्थाली बचत समूहको संयुक्त आयोजनामा "सन्थालहरूको महान पर्व (सोहराई ) कार्यक्रम भब्य रुपमा मनाइएको छ ।
शुक्रबार ग्राण्डमल स्थित वेल फेयर रेष्टुरेण्टको सभाहलमा १५० जना भन्दा माथी सन्थाल दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितीमा "सोहराई पर्व" दोहा कतारमा तेस्रो चोटी भव्य रुपमा मनाइएको हो ।
नेपाल प्रवासी सन्थाली राहत कोष झा.मो.सु. का अध्यक्ष लुखिराम टुडुको सभापतित्वमा, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।।

कार्यक्रममा झापाली समाज कतारका कार्यबाहक अध्यक्ष चानीलाल राजबंशी, सामाजिक अभियान्त लोक थापा, गणेश प्रसाद दुलाल र बिमल भारती सहित उपस्थित कार्यक्रममा सन्थाल समुदायका विधि अनुसार कुल पुजा संगै विभिन्न परिकारका खानाको स्वादमा उद्घाटन गरिएको थियो
संस्थाका महिला सदस्य फुलमती मुर्मु बाट उपस्थित सबैलाई स्वागत मन्तव्य पस्किएकी थिइन । त्यस्तै सामुहिक रुपमा स्वागत गीत रहेको थियो भने संस्थाका सहसचिव जरमान मर्डीले नेपालका आदिवासी सन्थाल समुदाय नेपालको पुर्व तराईको झापा, मोरङ र अलि अलि सुनसरीमा बसोवास रहेको र यो पर्वलाई नेपाल सरकार बाट राष्ट्रिय पर्वको रुपमा अहिले सम्म मान्यता प्राप्त नगरेको हुनाले हाम्रो समुदायले विभिन्न ठाउमा गएर सरकार संग राष्ट्रिय पर्वको रुपमा मान्यता दिनका लागी पहलहरु भै रहेको जानकारी गराए ।
कार्यक्रममा आफ्नो भेषभुषामा सजिएर आएका सन्थाल समुदायका कलाकारहरुले आफ्नो मौलिक परम्पराको नृत्य रहेको सोहराई नृत्यमा सामुहिक साथै नेपाली गीतमा संथाली कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो।
झापाली समाज कतार कार्यबाहक अध्यक्ष चानिलाल राजबंशीले आफु यो समुदाय संग धेरै नजिक भएर बसेको र मेरा गाउमा साथीहरु पनि धेरै रहेको र सानामा जंगलमा शिकार खेल्न जादा गरेका रमाईला किस्सा शेयर गरे ।

कार्यक्रम संचालन कै क्रममा संस्थाकी उपाध्यक्ष सरु टुडुले सोहराई पर्व सन्थाल समुदायको सबै भन्दा ठुलो चाड र यो ५ दिन सम्म चल्छ, सन्थाली दाजुभाई तथा दिदीबहिनीहरु यो बेलामा जहाँ भए पनि घर फर्किने र ठाउँ ठाउँमा भेला भएर बाँसुरीको धुनमा रमाईलो गर्ने र भाई बहिनीहरुको प्रेम र प्रकृतीको पुजा गरेर धुमधाम संग यो पर्व मनाउने चलन रहेको बताइन् ।
प्रमुख अतिथि कार्कीले आफुले २७ बर्ष पछि यस्तो कार्यक्रममा उपस्थित जनाउन पाउँदा एकदमै खुशी लागेको बताए । आफु पनि झापा शर्णामति निवासी भएको र सानै उमेर देखि आफु सन्थाल दाजुभाईहरु संग नजिक रहेको र शिकार खेल्न देखि लिएर सन्थाल समुदायका परिकारहरु सङ्ग घुलमेल रहेको बताए ।
आगामी दिनमा यस्ता कार्यक्रमालाई अझ व्यापक रुपमा सबैलाई निमन्त्रणा गरि सोहराई पर्व मनाउन पाईयोस र आगामी दिनमा यस्ता कार्यक्रम गर्न म चुडामणी कार्की सबै खाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्तव्य राखे ।
कार्यक्रको सहजीकरण सरु टुडुले गरेको कार्यक्रममा उपस्थित सन्थाल दाजुभाई तथा दिदीबहिनीहरु लाई र प्रमुख अतिथि, बिशेष अतिथिज्युहरुलाई कार्यक्रमा सभापति तथा नेपाल प्रवासी सन्थाली राहत कोष झा.मो.सु. दोहा कतारका अध्यक्ष लुखिराम टुडुले सबैमा एकमुष्ट रुपमा धन्यबाद ज्ञापन गर्नु हुँदै कार्यक्रम समापन गरे ।