दोहा : गण्डकी प्रदेश समन्वय परिषद् कतारको चौथो अधिवेशन हुने भएको छ ।
यही आउदो ११ फेब्रुअरी २०२५ मङ्गलबार "कतारको राष्ट्रिय खेलकुद दिवसको दिन, सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा दिउँसो १२:३० बजेदेखि परिषद् कतारको चौथो अधिवेशन हुने भएको हो ।
कतारमा कार्यरत कलाकार हरुको भरपुर्ण साङ्गितिक प्रस्तुति, शुभकामना आदानप्रदान सहित हुन गहिरहेको कार्यक्रममा एनआरएनए आइसिसी उपमहासचिव प्रविण गुरुङको प्रमुख अतिथ्यता रहने परिषद्का महासचिव कल्याण थापाले मुग्लानी खबरलाई जानकारी गराए ।
उक्तदिन कतारमा स्थापित संघसंस्थाका प्रमुखहरु, कतारमा रहेर गैरआवासीय अभियानमा संलग्न सामाजिक व्यक्तित्वहरू, गण्डकी प्रदेश समन्वय परिषद् कतारका संरक्षकहरू, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, सम्पूर्ण संस्थापकहरु, पूर्व सल्लाहकारहरू, पूर्व पदाधिकारीहरू, पूर्व पदेन सदस्यहरू, आबद्ध जिल्ला संस्थाका अध्यक्ष ।
पदेन सदस्यहरू, २०२३-२५ तथा नयाँ परिषद् सदस्यहरू, लगायत कतारमा रहनुहुने समस्त गण्डकीवासी तथा गैर गण्डकीवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा उपस्थितको निम्ति सादर निमन्त्रणा गरिएको परिषदका कार्यवाहक अध्यक्ष नन्दलाल विक (अजय) ले जानकारी गराए ।
सन : २०१७ मा स्थापना गरिएको "गण्डकी प्रदेश समन्वय परिषद कतार" कतारमा रहेका नेपाली श्रमजिवि नेपालीहरुको हक र हितको लागि लड्दै आएको छ । साथै सामाजिक कार्यहरुमा पनि ससक्त अभियान चाल्दै आएको छ ।