दोहा कतार-"आफ्नो लागि साधना, अरुको लागि सेवा" विकासनन्द फाउन्डेसन विश्व परिवार कतारले जीवनयोग प्रयोगशाला, दोहा कतार सङ्गको सहकार्यमा गर्न लागेको “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष प्रशिक्षण कार्यक्रममा योग, ध्यान र रेकीका प्रवर्तक तथा दार्शनिक गुरु डा. योगी विकासानन्द र माता कमलेश्वरी आनन्द कतार आउने भएका छन ।
आगामी २१ फेब्रुअरी २०२५ शुक्रबार दोहामा रहेको प्लाजा इन होटलको सभाहलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँहरु कतार आउन लाग्नु भएको हो ।
यो कार्यक्रममा श्रमिकहरूले तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, शारीरिक स्वास्थ्य सुधार, मानसिक स्थिरता तथा आत्मशक्ति जागरणका विधिहरू सिक्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमले मानसिक तनाव कम गर्दै आत्मशक्ति अभिवृद्धि गर्नेछ। प्रवासी जीवनमा पारिवारिक दूरी, आर्थिक दबाब र कामको चापका कारण श्रमिकहरू मानसिक रूपमा अस्थिर बन्न सक्छन्।
विगत ४३ वर्षदेखि आत्मजागरण सम्बन्धी ज्ञान बाँड्दै आउनु भएको डा. योगीको मार्गदर्शनले हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ ।
कार्यक्रममा सहभागी हुन इच्छुकले कार्यक्रम संयोजक उर्मिला खत्री (६६१४ ७१९४/५५११ ३०३७) र रामजी खत्री (७७७२ ३१४७/६६४४ ३१४७ लाई सम्पर्क गर्न सकिने छ । प्रशिक्षण कार्यक्रममा सम्पूर्ण दोहा बासी नेपालीहरुलाई सहभागी हुन आयोजक समितीले अनुरोध समेत गरेका छन् ।
बचत भएको रकम फाउन्डेसनले गर्ने समाजसेवाका कार्यहरूमा प्रयोग गरिने आयोजक समितिले जानकारी गराएको छ।