काठमाडौं। तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा शंखरापुर नगरपालिका-४, रैलेमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थिति रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रमका आयोजक तथा शंखरापुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुना बहादुर तामाङ (सोनाम) ले सोनाम ल्होछारको सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै स्थानीय तहबाट संस्कृति संरक्षणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, "हाम्रो भाषा, संस्कृति र परम्पराले नै हामीलाई अलग पहिचान दिलाएको छ। यसलाई संरक्षण र प्रवर्द्धन गर्न हामी स्थानीय तहबाट आवश्यक सहयोग गर्दै जानेछौं।"
उनले स्थानीय विकास, पूर्वाधार तथा पर्यटन प्रवर्द्धनमा शंखरापुर नगरपालिकाको योजनाबारे जानकारी गराउँदै तामाङ समुदायका ऐतिहासिक स्थल तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा विशेष कार्यक्रम ल्याउने बताए। साथै, समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि नयाँ योजनाहरू कार्यान्वयन गरिने जानकारी गराएका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, तामाङ परम्परागत नृत्य तथा झाँकी प्रदर्शन गरिएका थिए। स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विभिन्न मंत्री, साम्सद,नेता तथा कार्यकर्ता, कलाकार, जमाप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, तथा संस्कृतिविद्हरूको उपस्थिति थियो। तस्बिर हेर्न यहा क्लिक गर्नुहोस