दोहा, : कोशी प्रदेश समन्वय परिषद्, कतारले आयोजना गरेको "विन्टर आउटडोर फेस्टिभल" साङ्गितिक कार्यक्रमको लागि लोकप्रीय गायिका श्रेयसी चेम्जोङ लिम्बु बुधबार कतार आइपुगेकी छन् ।
आउँदो शुक्रबार सहानियास्थित अल दोसरी पार्कमा बिहान १० बजेबाट सुरु हुने उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिन अतिथि कलाकार श्रेयसी कतार आइपुगेकी सङ्गै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक रुद्र शर्माले जानकारी दिए ।
गायिका श्रेयसीसँगै कतारमा स्थापित दुई दर्जन भन्दा धेरै कलाकारहरू सहित साहित्यकारहरूको सांगीतिक एवं साहित्यिक प्रस्तुति रहने परिषद्का महासचिव पदम प्रसाद सिम्खडाले जानकारी दिए ।

नेपाली संगीताकाशमा पूर्वेली नक्षत्र भनेर चिनिने गायिका लिम्बुको साङ्गितिक यात्रा आठ वर्षको उमेरमानै पहिलो गीत रेकर्ड भएको थियो। मलाई तिम्रो सम्झनाले,' 'म तिम्रो हुँला नहुँला,' 'हाँसी हाँसी मायाले जहर पिलायो,' 'पराइको काखमा रमाउ,' 'कैयौं प्यासी रातहरुले' जस्ता जीवन्त गजल र गीतहरु गाएकी श्रेयसीले 'श्रीमान' 'मेरो राजेश दाइ', 'तिम्रो कसम' र 'कुईनेटा' चलचित्रका लागि पनि आफ्नो आवाज दिएकी छन् ।
सानैदेखि 'स्टेज प्रोग्राम'मा हिन्दी गीतहरुको 'म्यूजिक ट्र्याक' र 'कभर सङ'मा पनि रमेकी श्रेयसीको लता मंगेशकरका केही गीतहरुको 'कभर भर्जन' पनि छन ।
बिहान ११ बजे देखि औपचारिक रुपमा सुरु गरिने कार्यक्रममा कतारमा रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ -दिदिबहिनीमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको परिषदका अध्यक्ष पदम घिमिरेले जानकारी गराए ।
कार्यक्रममा सहभागी हुन दर्शकहरूको सहजताको लागि दोहाको मुन्ताजा पार्क, सनैयाको लालीगुराँस रेस्टुरेन्टको अगाडि, अलतिया, होम साइड, अलखोर लुलुको अगाडि बाट यातायातको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यातायात सम्बन्धी थप जानकारीका लागि यातायात संयोजक लीला नाथ घिमिरे मोबाइल नम्बर ५५९७ ६८६८ मा सम्पर्कगर्न सकिन्छ ।