दोहा : नेपाली संगीताकाशमा पूर्वेली नक्षत्र भनेर चिनिने लोकप्रीय गायिका श्रेयसी चेम्जोङ लिम्बुको साङ्गितिक प्रस्तुतीमा कोशी प्रदेश समन्वय परिषद्, कतारको समन्वयमा परिषद, कतारमा आबद्ध नौ वटा संस्थाहरुको संयुक्त आयोजनामा बृहत साङ्गितिक कार्यक्रम सम्पन्न गरिएको छ ।
दिउँसो करिब १२ बजे देखी साँझ ७ बजेसम्म चलेको विन्टर आउटडोर फेस्टिभल" साङ्गितिक कार्यक्रममा नेपालबाट आएकी अतिथि कलाकार श्रेयसीले कतार आएर आफ्नो साङ्गीतिक प्रस्तुति राख्ने अवसर मिलाई दिएकोमा आयोजक समितिलाई आभार व्यक्त गर्दै आफ्नो प्रस्तुती सुरु गरेकि थिइन ।
उनले मलाई तिम्रो सम्झनाले, सुने खबर जीवन साथी अर्कै पाको छौ रे,पानी मिठो मेरो हजुर, मोहनी लाग्ला है, चोली राम्रो, जता हेरे पनि हजुर पुर्बै रमाइलो, रेली खोला बगर, भन्छन कोहि जिन्दगी यो कर्कलाको पानी जस्तै हो भन्ने लगायतका आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई झुमाएकी थिइन ।
परिषदका सचिब गोविन्द कटुवालले संयोजन गरेका साँस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाले प्रत्यक्ष लाइभ दोहोरी प्रस्तुत गरेको थियो ।
कार्यक्रममा सरिता वान्तावा राई, सृष्टि लामा, प्रीया तामाङ, कुमारी लामा, कविता राई मादेन, खड्ग वस्नेत र सौरभ आचार्यले उत्कृष्ट मारुनी नृत्य प्रस्तुत गरेका थिए । लक्ष्मी कार्की, अजय कुमार दनुवार, सुजन गुरुङ, एलिसा राई, गुना मगर "निशु", मुन प्रसाईं, कमल दर्नाल लगायतले साङ्गीतिक प्रस्तुति राखेका थिए ।
गोबिन्द कटुवाल र प्रताप मुस्कान, एनआरएन आइडल २०२३ का विजेता निरु श्रेष्ठ, गायक रुस्तम तामाङले आ-आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए ।
साहित्यकार शिव सुवेदी र प्रेम प्रसाद भट्टराईको मुक्तक तथा गजलका शेरहरुले पनि दर्शकलाई आकर्षित बनाए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि परिषद्का संस्थापक अध्यक्ष चुडामणिा कार्कीले परिषद्, कतारले आयोजना गरेको "विन्टर आउटडोर फेस्टिभल" साङ्गितिक कार्यक्रम सोचेभन्दा उत्कृष्ट, भब्य सभ्यताका साथ सम्पन्न गरिएकोमा हृदय देखी खुशी प्रकट गर्दै आयोजक कमिटीलाई धन्यवाद प्रकट गरे, l
परिषद्, कतारको संस्थापक अध्यक्ष, निबर्तमान अध्यक्ष भएकोले यश संस्थाले गर्ने हरेक कार्यक्रम सफलता पुर्वक सम्पन्न हुँदा यश संस्थाको गरिमामय अझै उच्च भएको महसुस गर्दै आफुलाइ प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएकोमा सम्पुर्णमा आभार प्रकट गर्दै कार्कीले भ्यालेन्टाइन डे को अवसरमा मायाँलुलाई "फकाउने कविता " वाचन समेत गरेका थिए ।
विधिवत समुद्घाटन गरि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक रुद्र प्रसाद आचार्यले स्वागत मन्तव्य रहेको थियो । कलाकार द्वय गंगा विसी र जमुना विसीले हामी नेपाली हाम्रो नेपाल बोलको गीतमा स्वागत नृत्य पेस गरे ।
प्रदेश भित्रका जिल्ला संस्थाहरुका अध्यक्ष र कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगीहरु लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । भने कार्यक्रममा सहभागी सम्पुर्ण कलाकारहरु लाई पनि सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
परिषदका महासचिव पदम प्रसाद सिम्खडाले सहजीकरण गरेका कार्यक्रमका सभापति पदम कुमार घिमिरेले कार्यक्रम सफल बनाउन विभिन्न कोणबाट सहयोग पुर्याउने सहयोगीदाता, कार्यसमिति टिम, मिडियाकर्मी, कलाकार, पत्रकारहरुको साथै आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम स्थलसम्म उपस्थित भइ दिने अतिथि तथा सम्पुर्ण दर्शकहरूलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रममा एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी तथा परिषदका, सल्लाहकारहरु, प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरु साथै कतार स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र पत्रकार, कलाकारहरु सङ्गै उल्लेखनीय दर्शकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
