दोहा : दाङ देउखुरी सेवा समाज कतारको "सातौ अधिवेशन" सम्पन्न भएको छ ।
सातौ अधिवेशनबाट आगामी कार्यकालका लागी तुल्सीपुर उपमहानगर पालिका वडा न १८ का केशव बुढा मगर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छ्न ।
शुक्रबार ग्राण्डमल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनको बन्द शत्रबाट उपाध्यक्षमा उषा परियार, मनिषा खडका, छबिलाल परियार,महासचिवमा चिन्तामणि भुसाल सचिबमा सुरत शाही ठकुरी,कोषाध्यक्षमा प्रेम बहादुर चौधरी र सह-कोषाध्यक्षमा अनन्त बहकरी निर्वाचित भएका हुन
कार्यसमिति सदस्यहरुमा जंग बहादुर रोका मगर, लाल सिंह बि.क, बिना मगर,नारायण थापा, यम जिसी, रेश्मी सेन्चुरी,मन्जु सिंह, रुपा पौडेल वली,शेर बहादुर डिसी,प्रेम बहादुर डिसी रहेका छन । बाकी रिक्त रहेका तीन कार्यसमिति सदस्य निर्वाचित कार्यसमितिले पहिलो बैठकमा मनोनीत गर्ने समाजले जनाएको छ ।समाजका संरक्षक सदस्य तथा निर्वाचन समितिका संयोजक अर्जुन खडकाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
समाजका अध्यक्ष रन बहादुर केसीको सभापतित्व तथा गैर आवासिय नेपाली संघ एनसिसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी भट्टले संस्कृति परम्परा र धार्मिक महत्व बोकेको दाङ देउखुरी सेवा समाजले सामाजिक हक र हितका लागी राम्रा काम गरेर कतारमा स्थापित सामाजिक संघ संस्थांहरु मध्यकै अग्रणी संस्था बन्ने तथा नयाँ बन्ने कार्यसमिति लाई शुभकामना सहित बधाई ज्ञापन गरे ।
कलाकार अनिता परियारले यो नेपाली शिर उचाली, राष्ट्र भाव गितमा स्वागत नृत्य पेश गरेकी थिईन । समाजको दुई बर्षे कार्यकालको प्रगति बिवरण समाजका महासचिव चिन्तामणी भुषालले अधिवेशनमा पेश गरेका थिए । कार्यक्रममा विभिन्न गायन तथा नृत्य बिधाका कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।
संस्थालाई विभिन्न तह तप्काबाट सहयोग गर्दै आईरहेका सहयोगी दाताहरु,प्रदेश मातहतमा रहेका जिल्ला संस्था,समाजका सम्पुर्ण कार्यसमिति, कलाकार तथा पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
समाजका उपाध्यक्ष केशव बुढा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण समाजका महासचीव चिन्तामणी भुषालले गरेका थिए ।
कार्यक्रम समापन गर्दै सभापती केसीले आफ्नो कार्यकाल भब्य रुपमा सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै खुल्ला सत्रको समापन गरे ।
दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एवं सुरक्षित रोजगारको कामना" भन्ने मुल नाराका साथ गृह जिल्ला दाङ देखि कतार सम्म सामाजिक कार्यमा सक्रिय रहेको छ ।